×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शुक्रबार उपत्यकामा कुन बैंकको शाखा कार्यालय कहाँ-कहाँ खुल्दैछन्, हेर्नुहोस् विस्तृत विवरणसहित

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । कोरोना भाइरसको संक्रमण अत्याधिक बढेपछि राष्ट्र बैंकले संख्या तोकेर बैंक र वित्तीय संस्थाहरुलाई शाखा चलाउन निर्देशन दिएको थियो । निर्देशन अनुसार केन्द्रिय कार्यालयबाहेक काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा १ वटामात्रै वाणिज्य बैंकको शाखा कार्यालय सञ्चालन भइरहेका छन् ।
बैंकिङ कारोबारमार्फत् कोरोना संक्रमण बढ्ने भन्दै जिल्ला प्रशासन कार्यालयको आग्रहमा राष्ट्र बैंकले सो निर्देशन बैंकहरुलाई दिएको थियो । साथै बैंकहरुले उपपत्यकामा साताभर सञ्चालन हुने आफ्ना शाखा कार्यालयको सूची समेत वेवसाइटमा राख्न निर्देशन दिएको थियो । जसले गर्दा उपत्यका बासिन्दालाई लकडाउनको समयमा बैंक जानु पर्ने भएमा सम्बन्धित बैंकको वेवसाइट हेरेर खुल्ला हुने बैंक जानुपर्नेछ ।
कृषि विकास बैंकले शुक्रबार रत्नपार्क, गौशाला, ठमेल, सातदोबाटो, ठठ्ठाघर र सांखु शाखा कार्यालयबाट सेवा दिने भएको छ । यस्तैगरी बैंक अफ काठमाण्डूले बालाजु, त्रिपुरेश्वर, नक्साल, इटाच्छे र लगनखेलका शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्ने भएको छ । 
सेञ्चुरी बैंकले भने  न्यूरोड, कलंकी, सामाखुसी, मिनभवन र सुकुलढोका शाखा कार्यालयबाट ग्राहकलाई सेवा दिने भएको छ । यस्तै सिटिजन्स बैंकले भक्तपुर, दरबारमार्ग, ग्वार्को, किर्तिपुर, कुपनडोल, नारायणगोपाल चोक र न्युरोड शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने भएको छ ।
ग्लोबल आइएमई बैंकले न्यूरोड, लगनखेल, ग्वार्को, सुर्यविनायक, धापासी र गंगबु शाखा कार्यालयबाट सेवा दिने भएको छ भने लक्ष्मी बैंकले हात्तीसार, कलंकी, हाँडीगाउ, पुल्चोक, चापागाँउ र कौशलटार शाखा कार्यालयबाट सेवा दिने भएको छ ।
यता प्राइम बैंकले भने नयाँ बानेश्बर, न्यूरोड, सोह्रखुट्टे, इमाडोल, मंगलबजार र गठ्ठाघर शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने भएको छ । यसैगरी मेगा बैंकले सुकेधारा, कमलादी, नयाँ बानेश्वर, न्यूरोड, पाटन र इमाडोलका शाखा कार्यालयबाट सेवा प्रदान गर्ने भएको छ ।
नबिल बैंक लिमिटेडले चावाहील, कौशलटार, कुलेश्वर, पुल्चोक, सातदोबाटो र तिनधाराका शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने भएको छ र नेपाल इनभेष्टमेण्ट बैंकले चावाहील, गंगबु, कमालीमाटी र लगनखेल शाखा कार्यालयबाट आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिने भएको छ ।
यसैगरी एनसीसी बैंकको  शुक्रबार बागबजार, चावाहील, टेकु, सुकेधारा, कुपन्डोल र थिमी शाखा कार्यालय खुल्ला हुने भएको छ भने एनआइसी एशिया बैंकको न्युरोड, नयाँ बानेश्वर, चापागाउँ, चावाहील, भक्तपुर र लगनखेलका शाखा कार्यालय खुल्ला हुने भएको छ ।
प्रभु बैंकले भने जोटपाटी, टंगाल, बल्खु, पाटन, इमाडोल र सुर्याविनायक शाखा कार्यालयबाट सेवा दिने भएको छ भने राष्ट्रिय वाणिज्य बैंकले कोटेश्वर, नक्साल, टोखा, भैसेपाटी र लगनखेलका शाखा कार्यालयबाट सेवा दिने भएको छ। यसैगरी एनएमबि बैंकले सुर्यविनायक, लुभु, महाराजगंग, कलंकी, बागदरबार शाखा कार्यालयबाट आफ्ना सेवा दिने भएको छ भने सिद्धार्थ बैंकले  न्यूरोड, स्यम्भु, पाटन, सातदोबाटो र गठ्ठाघर शाखा कार्यालयबाट सेवा दिने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: