×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

छोराछोरी कलेज पढ्ने बेलासम्मपनि विद्यार्थी राजनीति नै गरिरहने हो कमरेड ?

जतासुकै सल्केको महारोगबाटको पो अछुतो हुन्छ र ? कोही पूर्ण र कोही अपुर्ण रुपमा ग्रसित हुने सत्यता नै रहेछ । आमूल परिवर्तनको बाहक भएको दाबी गर्ने क्रान्तिकारी  संगठनमा पनि यी महारोगहरु देखा परे । परम्पराबादी संगठन भन्दा पृथक यीनीहरु पनि हुन सकेनन् ।
संधै एउटै स्वाद चाखिरहेका जिब्रोले नयाँ स्वाद अनुभव गर्न खोज्दछ, यो मनोबैज्ञानिक चाहना हो तर बिडम्बना नयाँ उन्नत जातको बोटमा पुरानै ठिमाहा फल विकशित हुन थाले पछि परिभाषित गर्न मुस्किल पारिदिएको छ । पुरातन विधि र संस्कारकै निरन्तरता नयाँ भनेर दाबी गर्नेहरुमा पनि यथावत नै छ ।
दाह्री कपाल फुलेर उमेरले ड्याडी मम्मी हुँदा सम्म विद्यार्थी राजनीतिकै नेतृत्व गर्नुपर्ने रे ? ओहो, उहाँहरुनै निर्विकल्प रे ? जीवनको साढेँ तिन बसन्त, चार बसन्त कटाइसकेकालाई त बुज्रुकको पगरी गुथ्छ हाम्रो समाज, खोइ दिमाग पसेको, के संसारमा नैतिकता, मुल्य र मान्यता ज्यूदो छैन कि क्या हो ? विचार गरी हेरौँ न । दुख गर्ने युवा विद्यार्थी अनि नेतृत्व गर्ने बूढाहरु, यहाँबाट नै राजनैतिक नैराश्यता र वितृष्णाको विकाश हुन्छ ।
पुरानै विधि र संस्कारको निरन्तरताबाट कसरी क्रतिकारी  पार्टी, के को नयाँ विचार अनि कहाँको नयाँ शुरुवात ? त्यसैले सवाल विधि निर्माणको हो । बोतल नयाँ होस वा पुरानो त्यो त्यति महत्वपूर्ण कुरा होइन तर बोतल भित्र रहेको तत्व कस्तो हो भन्ने आवश्यकता हो ।
ठूला ठूला बकम्फुसे तर्क र गफ गर्दैमा क्रान्तिकारी भइदैन, युवा पिढीँ युवा पिढीँ भनिरहँदा उमेरले पचास काटेकाहरु पनि युवा शक्ति रे ? बाबुको उमेर पचास अनि छोराको पच्चीस, के दुबै युवा हुन त ? के संगठनमा अरु नेता छैनन कि बूढाबाहेकका अरुलाई सक्षम नै देख्दैन पार्टीले ? आफूलाई नयाँ दाबी गरिरहँदा विद्यार्थी संगठनले गर्नै नसकेको संस्थागत विकाश, विधि र संस्कार निर्माणको प्रश्न हो ।
शैक्षिक विकाशमा विद्यार्थी ऐजेण्डाले मुर्तरुप प्राप्त गर्न नसक्नुको रहस्य यहीबाट शुरु हुन्छ । पार्टीलाई परिवर्तन गर्ने नै हो भने विद्यार्थीले अब “बाद” लाई थाती राख्दै केही समय उमेरको पाठ सिक्ने सिकाउने संघर्ष गर्न जरुरी छ । कति वर्षका मानिसलाई बच्चा, कति वर्षका मानिसलाई युवा र कति वर्षका मानिसलाई वृद्ध वृद्धा मान्ने यो जब सम्म निश्चित भएर पार्टी दस्ताबेजमा सुस्पष्ट हुँदैन तब सम्म राजनैतिक विधि र संस्कार निर्माण हुन सक्दैन र युवा सँधै भ¥याङ नै बनिरहनुपर्ने स्थितिको विकाश हुनेछ ।
दाह्री कपाल कहिले फूल्छ भनेर कुर्नुपर्ने स्थिति कै निरन्तरता रहिरहन्छ । उमेरले काका काकीहरुले विद्यार्थी आन्दोलनको नेतृत् वगर्न तँछाड मँछाड गरेपछि हजुरबुबाहरुले आफु नमरुन्जेल (नमर्दा सम्म) पार्टी नेतृत्व गर्ने आशक्ति देखाउनु कुनै अनौठो र आश्चर्यको कुरा होइन । विद्यार्थीको समस्या हल गर्ने भन्दा बढी पार्टीको विचारमा को तिखारिएको छ भन्ने तर्फ पार्टीको जोड हुन्छ । पार्टीले विद्यार्थी संगठनलाई बैसाखी र प्रयोगशालाको रुपमा ग्रहण गरेको इतिहास हामी सामु छर्लङ्ग भइसकेको छ ।
पश्चिम देशहरु जस्तै युरोप, अमेरिका, क्यानेडाका सफल युवाहरुलाई देख्यौँ भने आश्चर्य व्यक्त गर्दछौँ । कलिलो उमेरमा नै प्रोफेसर, उद्यमी व्यवसायी, नेतृत्वकर्ता आदि हुनु त्यहाँ नयाँ विषय बस्तु होइन तर यहाँ जिम्मेवारी बहन गर्न दाह्री कपाल फुल्नै पर्छ भन्ने गलत चिन्तन स्थापित भएको छ । पश्चिमा देशहरुले क्षमता र स्रोतलाई केन्द्रमा राख्दछन् तर यहाँ आर्शीवाद, कृपावाद, चाकडी, चापलुसी केन्द्रमा रहन्छ । पार्टीको झन्डा कसले कति बोक्यो र आफ्नो कति भक्ति गान गयो, त्यहीँ आधारमा आर्शिवाद दिने पार्टी नेताहरुको फोहोरी संस्कार पुरानादेखि नयाँ सम्मका विद्यार्थी संगठनमा यथावत नै छ ।
बाहुबलबाट नै परिवर्तनको सपना देख्ने संकीर्ण मनस्थितिको रुन्चे राजनीतिले सम्पूर्ण नेतृत्वको विचरणीय क्षमता नै साँघुरो र शिथिल पारिदिएको छ । विद्यार्थीको नेतृत्व गर्न काकाहरु र दाह्रीको रेखी नबसेका भतिजको उमेरलाई हेर्दा बौद्धिकता, प्रविधि, शिक्षण विधि र पद्धतिमा ठूलो खाडल भेट्टिन्छ । भतिजहरु आधुनिकिकरण र विश्व प्रभावी समाजलाई पछ्याउँदै छन् भने काकाहरु पुरातन शैली र चिन्तन मै रुपल्लिएका छन् । दुई पुस्ता बिचमा विद्यमान खाडलले युवा युवा भनि कराइरहेछ अनि कपासले भरिएका कानहरु शान्त झैँ रमाइरहेका छन्।
सरश्रीले भन्नुभएको छ, “जति ठूलो खुट्टा छ त्यति ठूलो जुत्ता चाहिन्छ, जति ठूलो लक्ष्य छ त्यति मन, बुद्धि र शरीरको तयारी चाहिन्छ । ” यसबाट नै धेरै कुरा स्पष्ट हुन्छ । बुढो उमेरबाट तन्नेरी विद्यार्थीको नेतृत्व व्यवहार त असम्भव छ । समान उमेरको नेतृत्वले मात्र विद्यार्थीको मनोविज्ञान र चाहनालाई बुझ्दै सम्बोधन र सन्तुष्टि दिलाउन सक्दछ । कम उमेरकाले अवसर प्राप्त गर्नै नपाउने संस्कारको अन्त्य हुन जरुरी छ । आजको सन्दर्भमा विद्यार्थी संगठनमा उमेरको मापदण्ड स्थापित हुन जरुरी छ । बर्षै पिच्छे स्नातकोत्तर भर्ना गरेर केबल राजनीतिका लागि र नेतृत्वका लागि आफ्नो अमूल्य समय बर्बाद गर्ने संस्कार निर्माण माथि नियन्त्रण गर्न उल्लेखित ढाँचा बहस सहित स्थापित र कार्यन्वयन गराउन जरुरी छ ।
अध्ययनरत तह समिति उमेर हदबन्दी
१. पि.एच.डि : ३५ वर्ष
२.(एम.फिल) : ३२ वर्ष
३.स्नातोकत्तर : ३० वर्ष  सम्मको
सबैभन्दा पहिला विधि स्थापित गर्न जरुरी छ, यसैबाट परिवर्तनका नयाँ नयाँ आयामहरु भेट्टिन्छन र २१ औँ शताब्दीको विद्यार्थी नेतृत्व तब मात्र पूर्ण हुन्छ । विद्यार्थी नेतृत्व गैर विद्यार्थीबाट हुन सक्दैन । आजसम्म विद्यार्थी आन्दोलनको नेतृत्व पैँतीस चालिस वर्ष नाघेका बूढाहरुले गरेका छन् । जुगाँको रेखी नबसेका विद्यार्थीको अभिभावकत्व गरेका हुन वा नेतृत्व छुट्टयाउनै कठिन छ ।
उमेरकै आधारमा बरिष्ठ कहलिएर नेतृत्व दाबी गर्ने पद्धतिको अन्त्य जरुरी छ । बूढाहरुको अनूभव र भोगाइलाई सम्मान एवं स्वीकार गर्दै अबको विद्यार्थी नेतृत्व मापदण्ड अनुसार कम उमेरका क्षमतावान व्यक्तिहरुलाई सुम्पदै उनीहरुको बोद्धिकता शीप कला र क्षमतालाई अभिबृद्धि गर्दै राजनैतिक विचारलाई अझै निखार्दै धारिलो बनाएर लाने तर्फ सोच्नु जरुरी छ । विद्यार्थीलाई पढ्नमा जोड दिने भन्दा संगठनको झण्डा बोकाउने ढुङ्गा हान्ने, तोडफोड तर्फ अभिप्रेरित गर्ने कार्य निर्मूल पार्न जरुरी छ ।
यस्ता क्रियाकलापले शैक्षिक गुणस्तर दिन प्रतिदिज ह्रास हुँदै गइरहेको छ । विद्यार्थी नेताको सम्पूर्ण ध्यान शैक्षिक विकाश र स्तरोन्नतीमा केन्द्रित हुनु पर्दछ । विद्यमान शैक्षिक पाठ्यक्रम, नियमावली र प्रणालीको बारेमा पुर्ण ज्ञान हासिल गरेको र जसले शिक्षामा परिवर्तनका अवधारण विकशित गर्न सक्ने विवेकी र चामत्कारीक विद्यार्थी नेतृत्व आजको आवश्यकता हो । विद्यार्थी आन्दोलनमा कसले कति कमायो मोटो फटाल्यो त्यो महत्वपूर्ण होइन तर कसले शैक्षिक जगतमा तयाँ स्थिति स्थापित ग¥यो, ऊ नै नेपाली विद्यार्थी माझ लोकप्रिया हुनेछ ।
तसर्थः अब संगठन नै परिमार्जन र परिष्कृत हुन जरुरी छ । दाह्री कपाल र शाररीक ढाँचा हेरेर बौद्धिकता मापन गर्ने पुरातन विधिलाई फेरबदल गर्नुपर्दछ । विद्यार्थी आन्दोलनमा फरालेका भोटाहरु गनेर नेतृत्व चयन गर्ने शैली परिवर्तन गर्नुपर्दछ । भोल्टेयरले भन्नुभएको छ, “नराम्रो अवसर त दिनमा सयाँै पटक आउँदैछन् तर राम्रो अवसर वर्षमा एकपटक मात्र आउँदछ” विगतको इतिहासबाट पाठ सिक्दै शैक्षिक स्तरोन्नतीको जग निर्माण गर्न सुनौलो अवसर प्राप्त भएको छ त्यसैले आम विद्यार्थीको मर्म र भावना बुझेर विधि स्थापना तर्फ सबैको ध्यान केन्द्रित होस् ।
सक्षम र चेतनशील विद्यार्थी नै बौद्धिक क्रान्तिका आधार हुन । वर्तमानमा अस्तित्व रहेकाले भविष्यको अस्तित्वको लागि सफल योजना बनाऊ यही शुभकामना ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: