हजुरबुबाको मार्मिक पत्र, 'नातिबाबु, क्रान्तिका पछि नलाग, धोखा दिन्छन्, माओवादी सर्वहाराको पार्टी रहेन'
Powered by Blogger.
हजुरबुबाको मार्मिक पत्र, 'नातिबाबु, क्रान्तिका पछि नलाग, धोखा दिन्छन्, माओवादी सर्वहाराको पार्टी रहेन'

  • प्रताप शर्मा
उमेरले ८४ बर्ष नाघेका ती वृद्ध बा ,लौरीको साहारामा हिंड्न वाध्य छन्, भोली आफ्नो श्राध कसले गर्ला भन्दै पिरैपीरमा बचेँका उनका दुइटा छोरा जनयुद्धमा शहीद भए । पार्टीले पनि त्यती बेला शाहनुभुति दिन्थ्यो ,कार्यक्रममा आशन ग्रहण गराउथ्यो, हाम्रा शाहीदको अपमान गर्दैनौ भन्दै बिजयको गीतसँगै उनीहरुको सपना पूरा गर्ने अठोट र प्रतिबद्धता जाहेर गर्थ्यो । हिजो आफुसँग बल थियो अझै केही गर्ने उमेर थियो तर आफुले सोचेको पुरा कहाँ हुन्छ र ? श्रीमती थिइन्, उनी पनि छोराको शोकमा डुब्दै गइन् । 

भाग्यको करीमा शोकै शोकले कहिलै छाडेन । समय बदलियो र जंगलका राजाहरु सिंहदरबार पुगे तर उनको ब्यबस्था बद्लिएन । उनको घर बद्लियो तर देश बद्लिएन । हिजो सँगै ढिंडो मकै खएका नेताहरुको जीवनस्तर बद्लियो तर उनको पिडा बदलिएन । हिजो उनीलाई चिनेर सम्मान गर्ने नेताहरुबाट आज उनीलाई चिन्नै गार्हो भो । हिजो उनकै छोरासँग लडेको त्यो पल्ला घरको सेतेको छोरो मन्त्री भएछ ,अब त गाउकै केटो मन्त्री भो सजिलो हुने भो सोचेका थिए तर बिचरा उनको सपना फेरी भत्कियो । जब त्यो बिर्खे आर्को पल्ट गाउँका कार्यक्रममा आउँदा बुवा सञ्चै हुनुहुन्छ सम्म भन्न सकेन ? कठै बरा , मेरो छोरो जालमा परेछ भन्दै रुन्छन र आज उनीसँग रुने भन्दा अर्को बिकल्प छैन किनकि यो राजनीति सत्ताका निम्ती थियो, मुक्तिको कुरा त जनतालाई बेबकूफ बनाउनका लागि थियो भन्ने कुरा स्पस्ट भईसकेको छ ।

टाठा बाठाले राजनीतिको तिक्डममा नराम्ररी परेछन आफ्नो स्वार्थका लागि मेरा बाबुहरु सिध्याए भनी ब्यथा सँगाली कराईरहेछन । कयौ आशा थिए , एउटा सुन्दर सुख दुख बाच्ने एउटा सपना थियो तर आज घायल छन ,मुटु भरी पिडा राख्दै अन्तिम सास कुर्रिरहेछन । जनताको सत्ता आउछ भन्थे ,गरिबका दिन आउछन भन्थे तर सबै धोका रहेछ । नाती अब क्रान्ति नगरे , अनाबश्यक बलिदानी नगरे भनी सम्झाईरेहेछन । उनी घायल छन् । कहिले कही सपना देख्छन , एक्लै बर्बराउदै हिड्छन् । जनताको सत्ता स्थापनाका निम्ती आफ्ना मोतीका टुक्रा बली चढएका उनी आज भोली बेचैइन छन । पार्टी फुट्दै गए ,सहिदहरु भाग लगाउन थाले । त्यसैले आज भोली उनी एक्लै रुन्छन । बिचरा उनी ,मनको पिडा पोखुन पनि को सँग ? एक्लो साहारा नाती सम्झाउदै भन्छन् :

गुमाएं छोरा 
लाग्या छ चोट 
नगर बाबु क्रान्तिको कुरा । 
दुख्छ नि मुटु 
आतिन्छ मन 
नगर बाबु क्रान्तिको कुरा । 
बल्झिन्छ घाऊ 
उल्टिन्छ पिडा 
नगर बाबु क्रान्तिको कुरा । 
फेरिए नेता 
फेरियो व्यवस्था 
नगर बाबु क्रान्तिको कुरा । 

सम्झना आउँछ 
सकस हुन्छ 
नगर बाबु क्रान्तिको कुरा । 

आज उमेर ढल्दै गयो बिपत्तीले च्याप्दै गयो ,न आफ्ना छन न आफ्ना मानेकाले चिन्छन । केबल उनी सँग एउटा नाती छ । आज समय बद्लियो बाचा बद्लियो तर बद्लिएन ती हजारौ घरहरुको रुप रेखा , बिचरा ती मेरा छोराहरु ,मजदूरको राज्य , दुखीको ब्यबस्था फर्कन्छ भन्थे तर उनी त्यही छन् । हिजो भन्दा आज पीडित छन् । बिचरा उनी दुई छाक खानका निम्ती संघर्श गर्दै छन् । हिजो क्रान्तिका कुरा गर्नेहरु आज कोइ दक्षिणपन्थी बने ,कोहि पुरानै बाटोमा फर्के त्यसैले आज उनी बोल्नै नसक्ने भएका छन । विश्वाश गरुन पनि कसलाई, आखिर धोका त पाए । आज कसले बुझ्ने उनको पिडा ? आज सबै जान्ने सुन्ने भएका छन् । 

'मेरो मन रुन्छ बाबु ,सपनाले मेरा छोराहरु खायो अब म गुमाउन चाहन्न । जे छ त्यसैमा चित्त बुझाउछु मेरो टुक्रा ,म अब तलाई गुमाउदिन' ती बुढा बाबुले यसो भन्दा कता कता यो सम्बाद सुनिरहेको मलाई चिसो पस्यो र म सोच्न वाध्य भएँ, शायद यहाँका क्रान्तिकारीहरुको जनता ठग्ने र आत्मसमर्पण गर्ने नयाँ ईतिहास होइन । हिजो कांग्रेसले नि क्रान्ति र्गयो , भिम दत्त पन्त र के आइ सिंहहरु बिद्रोहमै सामेल भए तर दबाईयो र तहस नहस पारीयो । बिचरा ती बाबाले आज बुझ्दै छन त्यसैले अब नाती गुमाउन नपरोस भनी सम्झाई रहेछन । त्यो नातीले नी आजका ती क्रान्तिकारी नेताका छोरा छोरी जस्तै स्कुल पढ्न खोज्दो हो , मिठो मसिनो खान खोज्दो हो । 

बाबा बाबा भन्दै दुख पोख्न खोज्दो हो तर बिचरा अब के गर्नु ? नेताले आत्मसमर्पण गरे , हिजोलाई बिर्सेंर नयाँ बाटोमा लागे । पाँच तारे होटलमा बसेर रक्सीको चुस्की चडाउँदै बेला मौका कुर्लन्छन तर ती सोझा बाबाहरुलाई के थाहा ? बिचरा उनी २००७ सालमा पनि ठगिय त्यो पिडा भुल्न नपाउदै आज जीबनको अन्तिम घडीमा पनि ठगियका छन । सुन्छु ,आज भोली उनी कार्यक्रममा जादैनन रे ? डाँकाहरु भन्दै सराप्छन रे ? बन्दूक बोकेर थकेका उनी एकदिन शोकमा डुबेर ,जनताका छोरालाई मानब ढाल बनाउने भनेर नेतालाई झापड हनेछन् । बिचरा बाबा जस्ले त्यत्राो बलिदान गरे ,आज उनी नै आत्मघाती बन्दैछन । त्यो हिजोको माओवादी सानो कांग्रेस बनेर भेट्न गयो रे , बुढाले जुत्ता ठोकेछन् । तलाई भारतीय दलाल भन्दै सराप्नु सरापेछन् । आज भोली साना कांग्रेसहरु गाउ नै जादैनन रे , बुढाले आफुलाई जनसरकार प्रमुख घोषणा गरेछन् । 

बुढाले अन्तत नातीलाई आफन्तको जिम्मा लगाउदै अन्तिम चिट्ठी लेखेछन्, जुन यस प्रकार छ :

धेरै गुमाएं अब गुमाउनु केही बचेको छैन , मेरो छोरा सोचेको के पुरा हुदोरहेछ ? तिमिले ठुला ठुला सपना देख्थ्यौ र त्यै ठुलो सपनामा नेपालीको खुशी हेर्न चाहन्थेउ तर बाबु आज आफ्नो घर खरानी बनाएर तिमीले राम्रो गरेका रहेनछौ त्यो मलाई अनुभव भाईरहेछ । तिमीले सामन्त भनेर कारबाही गरेकाहरु आज तिम्रो पार्टीका बरिस्ठ र ठालु भएछन , कार्यक्रममा आशन ग्रहण गराउदा कहिले कही मलाई अफ्ट्यरो महसुस हुन्थ्यो । 

तिमीले गरेका कामहरु आज भोली उल्टि रहेका छन । हिजोका पुजिपतीहरु कै आज हालीमुहाली छ । बाबु अब यो सर्बहराबादी पार्टी रहेन । परिवर्तन त ल्याए तर सिमित आफुहरुका लागि मात्र । जनताले कहिले पनि राहतको अनुभव गर्न पाएनन । सत्तामा पुगिरहेकै छन । कहिले काले मन्त्री हुन्छ कहिले गोरे तर जनतालाई के पो हुनु र बाबु ? सत्ताकै लागि हान्थाप गरेर पार्टी टुक्रा टुक्रा पारे बाबु । अब उनिहरुलाई काठमाडौं को मात लागि सकेको छ बाबु । 

बाबुले समाज परिवर्तनको लागि हिंडेको बाबा , छिट्टै यहाँ गरीबको राज्य आउछ भन्थेउ तर आज बाबु म ढुक्क सँग बाच्ने ,स्वतन्त्र भएर आफ्ना कुरा राख्ने मेरा मौलिक अधिकारको माग दाबी गर्न सक्ने राज्य खोजी रहेछु । मलाई गुण्डा राज होएन बाबु मलाई कनुनी राज नै चहियो । त्यो कनुनी राज जहाँ मेरो परीश्रमको मुल्य होस् , फटहा सामन्तहरुको सपना हरम हुने एउटा नयाँ सुन्दर राज्य निर्माण होस् । 

हिजोको क्रान्तिमा लागेका नौजबानहरु कोइ बिदेशिय , कोइ मनशिक रोगी भएका छन र कोही जिबित नै रहे पनि पलपल मरि रहेको अनुभव गरिरहेका छन । बाबु सबैले जित्ने राज्य भन्थेउ तर आज हामी शाहीद परिवार ,बेपत्ता परिवार हारी रहेका छौ । जीत त यहाँ उनिहरुको भयको छ जो हिजोपनि जितेका थिए । बाबु तिमी त निमुखाका निम्ती बलिदानी गर्यौ , मलाई पछुतो छैन तर बाबु आज भोली मन आतिन्छ । 

तिमी सँगै हिंडेकाहरु आज कोहि खोक्रो बिकासबाद भन्दै सर्बाहाराको अजेन्डा नै त्यगे ,कोइ फेरी संसदबादी राजनीतिमा छन र कोइ जनताकै सत्ताको लागि हिंडेका छन । म आज भोली सोचिरहन्छु बाबु मैले कसलाई राम्रो भनु ,त्यो सानो कांग्रेसको त कुरै छोड । मैले संसदबादीलाई रोजौ या ति बाबुहरु जो आज भोली बाबा हामी छौ न आतिनुस् भन्छन तिनीहरुलाई रोजौ ,मैले बुझ्नै सकिन मेरो छोरा ।

प्रकाशित मिति : Wednesday, August 9, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

, ,

Loading...