×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पल्टियो पासा : रेणु दाहाल २ मतले अघि, देवी ज्ञवालीको बढ्यो ढुकढुकी !

भरतपुर भरतपुर १९ र २० को मतगण्नामा एमालेले अपेक्षित मत पाउन नसकेको हो । अहिले भरतपुर २० को मतगणना भइरहेको छ । १७ सय मत गन्न बाँकी रहँदा नै एमालेका देवी ज्ञवाली भन्दा माओवादी काँग्रेस गठबन्धनकी रेणु दाहाल २ मतले अगाडि छिन् । १६ सय मत गणना भइसकेको छ ।
पुनः निर्वाचन भएको भरतपुर १९ मा एमालेले अपेक्षित मत पाउन नसकेपछि एमालेको विजय यात्रामा धक्का लागेको हो । वडा नम्बर २० पनि काँग्रेसको पकड रहेको क्षेत्र मानिन्छ । भरतपुर २० मा ३३ सय २ मत खसेको छ । तर, यसअघि नै निर्वाचन भएका कारण काँग्रेसको मत देवी र रेणु दुवैका लागि बाँडिएको अनुमान गरिए पनि मतपरिणामले त्यस्तो देखाएन् । जसरी पनि जित्ने काँग्रेस र माओवादी गठबन्धनको शिकार देवी भएको यो निर्वाचनले देखाएको छ
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: