भरतपुरको बिजयी जुलुस सुरु- जुलुसमा नेता खाँड, शेरचन देखि अभिनेता शिवशंकरसम्म सहभागी
Powered by Blogger.
भरतपुरको बिजयी जुलुस सुरु- जुलुसमा नेता खाँड, शेरचन देखि अभिनेता शिवशंकरसम्म सहभागी


  • अर्थ सरोकार संवाददाता 

काठमाडौं - चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस र  माओवादी केन्द्रको गठबन्धन बिजय भएपछि बिजय जुलुस निकालिएको छ । बिजय जुलुसमा कांग्रेसका नेता देखि अभिनेतासम्म सहभागि भएको देख्न सकिन्थ्यो । विभिन्न क्षेत्रमा ख्याति कमाएका कलाकार, अभिनेताहरु सहभागि जुलुसमा सहभागि भएका थिए । हास्य अभिनेता शिवशंकर रिजाल कांग्रेस हुन् तर रेणु दाहाललाई बधाई दिन उनी चितवन सम्म पुगेका थिए ।

माओवादी केन्द्र र नेपाली कांग्रेसका केन्द्रीय नेताहरु बिजय जुलुसमा सहभागि भएका छन् । दुई पार्टीको बिजय जुलुस भएपनि एउटै पार्टी जस्तो देखिन्थ्यो । भरतपुरको चौबिस कोठीबाट पुल्चोकसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुले जुलुस निकालेका छन् । जुलुसमा नवनिर्वाचित महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह मात्र थिएनन् । कांग्रेस नेता बालकृष्ण खाँड देखि माओवादी केन्द्रका नेता अमिक शेरचनसम्म सहभागि थिए ।


प्रकाशित मिति : Sunday, August 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...