×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पद तथा गोपनियताको सपथ पश्चात रेणुको पहिलो निर्णय यस्तो रह्यो

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले भरतपुर जिल्ला अस्पतालमा महिलाका लागि निःशुल्क टिकटको व्यवस्था मिलाउने निर्णय गरेकी छन् । रेणुले आइतबार पद तथा गोपनियताको सपथ लिएकी छिन् । 
रेणुले सपथ पश्चात भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलालाई ओपिडीमा टिकट निःशुल्क गर्ने उनले  पहिलो निर्णय  गरेकी छिन् । अस्पतालले टिकटको ३० रुपैयाँ शुल्क लिँदै आएको थियो । महिलाका लागि टिकट फ्रि गर्न भरतपुर महानगरपालिकाले एक वर्षका लागि ५९ लाख ४० हजार बजेट छुट्याएको छ । त्यसैगरी निर्णयकै क्रममा उनले  ६० वर्ष उमेर नाघेका पुरुषलाई  समेत टिकटको पैसा तिर्नु नपर्ने उल्लेख गरेकी  छिन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: