×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्स्स्स्स्स्स्स्स् ! हल्ला नगर, सरकार सुतीरा’छ…!

केही दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभर जनधनको ठूलो क्षति भ​एको छ । बाढी पहिरोमा परी मुलुकका विभिन्न जिल्लामा ३२ जनाको ज्यान गएको छ । दर्जनौं घर बगेका छन् भने सयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।
बाढीमा परेर केही बेपत्ता भएका छन् ।  झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १, सर्लाहीमा १, बाँकेमा ३, पाँचथरमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १, र बर्दियामा १ जनाको बाढी पहिरोमा परी ज्यान गएको छ ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षासँगै सुनसरीको इटहरीस्थित बूढीखोलामा आएको बाढीले बगाएर सातजनाको मृत्यु भएको हो । इटहरी उपमहानगरपालिका–४ गैरीगाउँको बस्तीमा एक महिला र तीन बालबालिकाको शव खोलाबाहिर निकालिएको छ भने बूढीपुलको दक्षिण इटहरी–९ को सुकुम्वासी बस्तीबाट पनि तीनओटा शव बाहिर निकालिएको छ ।
बाढीले बगाएर अरु केही बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । त्यस आसपासका क्षेत्रमा पनि अरु पनि शव फेला पर्ने स्थिति रहेको र धेरै मानिसको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ । बूढीखोलामा आएको बाढीले एउटा झोलुंगेपुल तथा गैरीगाउँको ३० र दक्षिणमा रहेको मुसहर बस्तीका पनि एक दर्जन बढी घर बगाएको छ । बस्ती पूरै जोखिममा रहेकाले त्यहाँ उच्च सुरक्षा सतर्कताका साथ सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
यस्तै, मोरङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ । अन्य तीन जना वेपत्ता छन् ।पहिरोले पुरिएर लेटाङ नगरपालिका–१ मालवासेमा ३५ वर्षिया गोपीमाया तामाङको मृत्यु भएको छ । त्यसैगरी वक्राहा खोलामा आएको वाढीले बगाउँदा मिक्लाजुङ गाउँपालिका–२ का ३२ वर्षिय गंगाराम खतिवडाको मृत्यु भएको छ भने लोहन्द्रा खोलाले बगाएर केरावारी गाउँपालिका–९ का ५६ वर्षिय मीनबहादुर थापाको मृत्यु भएको छ ।
त्यस्तै घरछेउको नालीमा डुवेर वूढीगंगा गाउँपालिका–६ की ७५ वर्षीया वुद्धिमाया लिम्वुको मृत्यु भएको प्रहरीले जनाएको छ ।उता गछिया खोला र बूढी खोलामा आएको बाढीले बगाएर बलिया खापमा रहेको बृद्ध आश्रमका तीन जनालाई बेपत्ता बनाएको छ ।
यसैगरी, झापामा अविरल वर्षाका कारण आज​ चारजनाको ज्यान गएको छ ।बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामीको ज्यान गएको छ । बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ ।
कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन् ।अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीले जनाएको छ ।उता, बारामा पनि घर भत्किंदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको सिम्रौणगढ नगरपालिका बडा नम्बर ८ कोचर्बाका ४५ बर्षिय गहनी नाम रहेकी महिला रहेकी छन् ।
यस्तै, शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुलीमा आज​ बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ ।सिन्धुलीमाढी, २ नम्बर बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो ।
आज बिहान करिब २ बजे घरमाथिबाट आएको पहिरोले पुरिएर मृत्यु हुनेमा खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र ८ वर्षीय मनिष रहेको पारिवारिक स्रोतले जनाएको छ । सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो ।जिल्ला प्रहरी कार्यालयको आवासीय भवननजिकैबाट झरेको पहिरोले घर पुरिएको थियो ।
यस्तै, अविरल वर्षाले बाँकेको राप्ती–सोनारी गाउँपालिका–४ लालपुरमा बाढीले घर भत्काउँदा आज एकै परिवारका तीन बालिकाको मृत्यु भएको छ । कविराज थारुको घर भत्कँदा उनका छोरीहरु १३ वर्षीया अन्जु, ९ वर्षीया सरिता र ७ वर्षीया सुस्मिता थारुको मृत्यु भएको हो ।
लगातार परेको वर्षाले राप्ती नदीमा पानीको बहाव बढ्दा वडा नम्बर–१, २, ३, ४ र ५ का अधिकांश सर्वसाधारण बिचल्लीमा परेका छन् । उता, बाँकेकै पूर्वपश्चिम राजमार्ग अन्तर्गत् अगैया नजिकको पुल भत्कँदा आवागमन अवरुद्ध भएको छ । बिचल्लीमा परेका स्थानीयको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ । सुर्खेतको वीरेन्द्रनगरबाट हेलिकोप्टर मगाइएको स्थानीय प्रशासनले जनाएको छ ।
यसैबिच​, रौतहट जिल्लाको विभिन्न स्थानमा आएको बाढीका कारण करिव ७० प्रतिशत बस्ती डुबानमा परेको छ । देबाही स्थित लाल बकैया नदीको तटबन्ध भत्किएर बाढी बस्तीमा पस्दा जिल्लाको करिव करिव ७० प्रतिशत बस्ती डुबानमा परेको हो । देबाहीमा ३ सयभन्दा बढि बासिन्दा डुबानबाट पीडित बनेका छन् । बाढीबाट जोगिन स्थानीयहरु अग्ला घरहरुमा आश्रय लिइरहेका छन ।
यस्तै, करुनियामा समेत सोही नदीको तटबन्ध भत्किएर बस्तिमा बाढी पस्दा डुबान भएको छ । गरुडा नगरपालिकाका विभिन्न वडा गरी करीब २ सय घर डुबानमा परेका छन् । डुबानमा परी ६० घर भत्किएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।त्यसैगरी, रौतहटकै गुजरा गाउँपालिकाको हरिहरपुर बस्ती पनि डुबानमा परेको छ ।
यस्तै, विगत चार दिनयताको अविरल वर्षाका कारण सप्तरी जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकाहरुमा आएको बाढीले करिब दुई हजार २०० घर डुबान परेका छन् । बाढीका कारण करिब ५०० परिवार विस्थापित भएका छन् । जिल्लाका खाँडो, जिता, बिहुल, त्रियुगा लगायतका नदीहरुमा आएको बाढीका कारण नगर तथा गाउँका बस्तीहरु डुबानमा परेका हुन् ।
तिलाठी–कोइलाडी गाउँपालिकाको वडा नम्वर–५ कुशहा र वनरझुलाको बस्तीमा जिता नदीको बाढी पसेका कारण ३५० परिवार घर छाडेर सडक तथा सुरक्षित स्थानमा बसेका छन् । वर्षा नरोकिएका कारण चारैतिर पानी बगिरहेकाले सर्वसाधारणलाई बस्तीबाट सुरक्षित स्थानसम्म पुग्न पनि समस्या भएको छ । सकरपुरा र बेल्हीको करिब ४०० घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उता, कोशी व्यारेजमा पानीको वहाब आज​ साँझ दुई लाख ८३ हजार क्युसेक प्रतिसेकेन्ड मापन गरिएको छ । अहिले कोशीका ५६ मध्ये ३७ ढोका खोलिएको छ । तत्काल अरु ढोका खोल्नुपर्ने आवश्यकता देखिएकाले गृह मन्त्रालयलाई पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेश गिरीले जानकारी दिए ।
दुई लाख ५० हजार क्युसेकमाथि गएपछि खतराको संकेतस्वरुप कोशी व्यारेजमा रातो बत्ती बालिसकिएको र रातो झण्डा फहराइएको छ । बहाब तीन लाखमाथि क्यूसेक प्रतिसेकन्ड भएपछि पूर्ण खतरा मानिन्छ । पहाडी जिल्लाहरुमा वर्षा नरोकिएकाले पानीको बहाब अझै बढ्ने उनलेले जानकारी दिए ।
यसैबिच,​ जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशैभर मनसुन सक्रिया रहेको भन्दै बर्षा हुने क्रम आईतबार​सम्मै जारी रहने जनाएको छ । अहिले मनसून न्यून चापीय रेखा नेपालको पहाडी क्षेत्र नजिकै रहेको र न्यून चापीय प्रणाली मध्ये तथा आसपासका भागहरुमा सक्रिय रहेको जनाइएको छ । 
जसका कारण देशैभर मनसूनी गतिबिधि सक्रिय अवस्थामा रहेको र देशका अधिकांश स्थानहरुमा शुक्रबार​देखि वर्षा भईरहेको महाशाखाले जनाएको छ । 
तर धेरै हल्ला नगर हाम्रो सरकार सुतीरहेको छ ।  (व्यंग्य)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: