×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ज्ञानेश्वरमा शेयर बजार सम्बन्धि तालिम शुक्रबारबाट

नेशनल मर्चेन्ट बैंकरको सहयोगमा तीन दिने आधारभूत शेयर तालिम संचालन हुदै छ । तालिम नव प्रवेशीलाई लक्षित गरी तयार गरिएको छ । 

तालिम भाद्र १६ , १७ र १८ गरेर तीन दिन संचालन हुदै छ भने कार्यक्रम स्थल नेशनल मर्चेन्ट बैंकर लिमिटेड, ज्ञानेश्वर, जर्मन राजदुतावासको विपरीत दिशामा रहेको छ I कार्यक्रम बेलुका ४ बजे देखि ६ बजे सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । 
कार्यक्रममा सहभागी हुन १००० रुपैया प्रवेश शुल्क निर्धारण गरीएको र त्यसमा निशुल्क डीम्याट खाता र पोर्टफोलियो ट्रयाकर उपलब्ध गरिने छ । महिला तथा विद्ध्यार्थीलाई २० प्रतिशत छुटको व्यवस्था गरिएको कुरापनि आयोजकले जानकारी दीएको छ ।
तालिममा सहभागी हुन तलको फारम भर्न सकिनेछ अथवा 9849056161 मा सम्पर्क गर्नु गर्नु सकिनेछ ।।
तालिमकोको तालिका यस प्रकार रहेको छ ।

प्रथम दिन :
सेसन १ : ( १ घण्टा ) 
# शेयर र शेयर बजारको परिचय 
# प्राथमिक तथा दोश्रो बजारको परिचय 
# डीम्याट र आस्वाको बारेमा जानकारी 
# प्राथिमक तथा दोश्रो बजार प्रवेशका प्रक्रियाहरु 
# नेप्सेको कारोवार प्रणाली 
सेसन २ : ( १ घण्टा ) 
# शेयर बजारलाई प्रवाह पार्ने कुराहरु 
दोश्रो दिन : 
सेसन १ र २ ( २ घण्टा )
# व्यालेन्ससिटका विभिन्न पक्षहरु 
# ब्यालेन्स सिट बाट कम्पनी छान्ने तरिका 
तेश्रो दिन : 
सेसन १ : ( १ घण्टा ) “प्रविधिको प्रयोग “
# nepalstock.com.np प्रयोग गर्ने तरिका 
# मार्केट डेप्थ हेर्ने तरिका 
# फ्लोरसिट हेर्ने तरिका 
# विभिन्न अनलाईन पोर्टल बाट डाटा, सुचना आदि हेर्ने तरिका 
# पोर्टफोलियो ट्रयाकर बाट आफ्नो पोर्टफोलियोको हर हिसाब गर्ने तरिका
# वार्षिक र त्रैमासिक रिपोर्ट हेर्ने तरिका 
सेसन २ : ( १ घण्टा )
# म्युचल फन्डको बारेमा जानकारी 
# शेयर बजारमा जोखिम व्यवस्थापन 
# शेयर बजारका नियामक निकायहरु र शेयर बजारमा जोडिएका वोभिन्न सस्थाहरु ( नेप्से , धितोपत्र बोर्ड, रास्ट्र बैंक , अर्थ मन्त्रालय, सीडीएस )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: