×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् सिमेन्टको कर्पोरेट कल्चर : रक्सी पिएर स्थानीयलाई गोली ठोक्ने धम्की दिने एचआर मेनेजेर प्रहरी नियन्त्रणमा !

  • अर्थ सरोकार सम्बाददाता 
हेटौंडा – जनतालाई ठग्ने सिमेन्ट कम्पनीले अर्को रबैया देखाएको छ ।  हेटौंडाको हटियामा रहेको शिवम् सिमेन्टका नयाँ एचआर म्यानेजर संजय सुवेदीले रक्सी पिएर स्थानीयलाई थर्काएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसले शिवम् सिमेन्ट उद्योगमा कर्पोरेट कल्चर कस्तो छ भन्ने प्रमाणित गरेको छ ।
मदिरा सेवन गरी स्थानीयहरुलाई धम्की दिएको भन्दै उनीविरुद्ध प्रहरी कार्यालयमा उजुरी परेको थियो । सोहि उजुरीका आधारमा आफूहरुले नीजलाई अनुसंधानका लागि नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी उपरीक्षक बिकासराज खनालले जानकारी दिए । उनले मदिरा सेवन गरी गाउँलाई गोली हान्ने धम्की दिएपछी  स्थानीयहरुले शिवम् सिमेन्ट क्षेत्रमा प्रदर्शनसमेत गरेका छन् । स्थानीयहरुले अहिले उद्योग घेरिरहेका छन् ।  सुवेदीलाई उद्योगबाट हटाउनु पर्ने माग स्थानीयको छ।
यसो त यो शिवम् सिमेन्टमा गलत कर्पोरेट कल्चरको पहिलो उदाहरण भने होइन । यसअघि शिवम् सिमेन्टको मार्केटिङ विभागमा काम गर्ने एक कर्मचारीको पनि समाचार हटाउने विषयलाई लिएर यस्तै लफडा भएको खबर बाहिर आएको थियो ।   
यो छुटाउनु भयो कि ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: