×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आइएमई ग्रुप र ब्रोकरहरुको सेटिङपछी नेप्सेमा दोहोरिंदै थपलिया, ३ करोडको ‘डिल’ भएको दावी !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – आइएमई ग्रुप र ब्रोकरहरुको सेटिङपछी अन्तत: यसअघिका महाप्रबन्धक सीताराम थपलिया नै पुन: नेप्सेमा दोहोरिने लगभग पक्कापक्की भएको छ । बुधबार दरबारमार्गमा बसेको ब्रोकर र सीताराम थपलियाको बैठकले ब्रोकरहरुले सम्बन्धित ठाउँमा पुर्याउन ३ करोडको व्यवस्था ब्रोकरहरुले गर्ने र अपुग भएमा आइएमई ग्रुपले खर्चको जोहो गरिदिने बताएपछी थपलिया पुन: नेप्सेमा दोहोरिने पक्कापक्की भएको स्रोतको दावी छ ।
आइएमई ग्रुप र ब्रोकरहरुको सेटिङ !
‘दरबारमार्गमा बैठक बसेको थियो । आइएमई ग्रुपको उम्मेदवार बनेका सीताराम थपलियालाई जसरी पनि नेप्सेमा पुन: लैजाने भन्ने सहमति भयो । सम्बन्धित ठाउँमा घुस खुवाउन ब्रोकरहरुले ३ करोड दिने, बाँकी रकम अपुग भए आइएमई ग्रुपले दिने भन्ने सहमति भयो । चन्द्र ढकालले ‘आवश्यक परेको सहयोग गरौंला, जसरी पनि सीताराम थपलिया नै नेप्सेको महाप्रबन्धक हुनुपर्छ ।’ भनेपछि ब्रोकरहरु पनि तातेका थिए ।’ आफ्नो नाम उल्लेख नगर्ने सर्तमा नेप्सेका एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने ।   
उनका अनुसार सीताराम थपलियालाई नेप्सेको महाप्रबन्धक बनाउन आइएमई ग्रुपको ठुलो इन्ट्रेष्ट छ । ‘अरुले लागेको भए खासै केहि हुन्न थियो । तर चन्द्र ढकाल आफैं लागेका हुनाले थपलिया नेप्सेमा पुग्ने निश्चित भएको छ । आइएमई ग्रुप अन्तर्गतको हाथवे इन्भेष्टमेन्टले भने अर्कै एक उम्मेदवारलाई साथ दिएको छ । चन्द्र ढकाल उनलाई पनि मनाउन लागि परेका छन् । सीताराम थपलियालाई नेप्सेको जिम्मेवारीसम्म पुर्याउने लगभग निश्चित भएको छ ।’ स्रोतले भन्यो ।
आइएमई ग्रुपका सुचना अधिकारी भन्छन्, ‘हामीलाई यस्ता कुरा थाहा हुँदैन’
यसबारे बुझ्न हामीले सीताराम थपलियालाई सम्पर्क गरेका थियौं । उनले हाम्रो प्रश्नप्रति कुनै प्रतिक्रिया नदिएपछी हामीले यसबारेमा आइएमई ग्रुपका सुचना अधिकारी राजु पौडेललाई सम्पर्क गर्यौं । ‘यस्ता अन्ठ-सन्ठ कुरा हामीलाई थाहा हुँदैन हजुर । यस्ता कुरा त मिडियाका मान्छेहरुलाई मात्र थाहा हुन्छ । हामीलाई त ‘डे-टु-डे’ के गर्ने, कसरी अगाडी बढ्ने, भन्ने मात्र थाहा हुन्छ । ल है ! है हजुर !’ राजु पौडेलले अर्थ सरोकारकर्मीसँग टेलिफोनमा भने । उनीबाट चित्त बुझ्दो जवाफ नआएपछी हामीले आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाललाई यसबारे बुझ्न सम्पर्क गर्यौं । उनले समेत यसबारे कुनै प्रतिक्रिया दिएनन् ।  मिडियासँग कुराकानी गर्ने ‘मिडिया फ्रेन्ड्ली’ व्यक्तिका रुपमा चिनिएका ढकाल पनि यसबारेमा मौन बस्नुको पछाडी दालमा केहि कालो छ भन्ने कुरा बुझ्न गाह्रो छैन ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: