×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शिवम् र मारुती मात्र होइन, सोनाश्री सिमेन्टपनि ‘ठग’ ठहरियो, स्थानीयहरु आन्दोलनमा !

दाङ – शिवम् सिमेन्ट र मारुती सिमेन्टले जनता ठगेको समाचार बाहिर आइरहेका बेला दाङको सोनापुर सिमेन्ट उद्योगले मापदण्डविपरीत उद्योग सञ्चालन गरेको खुलासा भएको छ । उद्योगले तोकेको मापदण्डविपरीत धुलो नियन्त्रण नगरी प्रदूषण फैलाएपछि तुलसीपुर उपमहानगरपालिका–१९ का स्थानीय बासिन्दा आन्दोलनमा उत्रेपछी यस्तो खुलासा भएको हो । 
स्थानीयवासीको एक समूहले दर्ता गराएको उजुरीपत्रमा उद्योगले धुलोधुवाँ बढाएको र नियन्त्रणका लागि पहलकदमी नगरेको आरोप छ । उद्योगले आमउपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको भन्दै गम्भीर बन्न स्थानीयले उद्योग प्रशासनलाई आग्रह गरेका छन् । नियम अनुसार सिमेन्ट उद्योगले यसका लागि छुट्टै खर्च गर्नुपर्ने व्यवस्था छ । स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय दाङमा उद्योगविरुद्ध उजुरी दर्ता गर्दै कारबाही नगरे उद्योगविरुद्ध सशक्त आन्दोलनको चेतावनी दिएका छन् । 
यता दाङका सीडीओ गजेन्द्र श्रेष्ठले सोनापुर सिमेन्ट उद्योगले धुलो नियन्त्रण नगरी प्रदूषण फैलाएको आरोपमा उजुरी परेको जानकारी दिएका छन् । ‘उद्योग प्रशासन, स्थानीय र हामीहरूबीच छलफल भएको थियो । छलफलबाट सात दिनभित्र धुलो नियन्त्रण गर्ने सहमति भएको छ । उजुरी परेको चाहिं छ ।’ उनले भने । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: