सर्पोट माइक्रोफाइनान्सले पायो आइपीओ जारी गर्ने अनुमति
Powered by Blogger.
सर्पोट माइक्रोफाइनान्सले पायो आइपीओ जारी गर्ने अनुमति

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - धितोपत्र बोर्डबाट सपोर्ट माइक्रोफाइनान्सले आइपीओ जारी गर्न अनुमति पाएको छ । सपोर्टले १ लाख ८० हजार कित्ता आइपीओ १०० रुपैयाँ दरले निष्कासन गर्न लागेको हो । यसले जारी पुँजीको ३०% आइपीओ निष्कासन गर्नेछ । यो माइक्रोफाइनान्सको जारी पुँजी ६ करोड रुपैयाँ छ । धितोपत्र बोर्डबाट अनुमति पाइसकेकाले अब छिटै आइपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ । सर्पोटको केन्द्रीय कार्यालय हाँसपोसा १ सुनसरीमा रहेको छ । हाल ११ वटा शाखा कार्यालयबाट यसले वित्तीय सेवा प्रदान गर्दै आएको छ । यस कम्पनीको चुक्ता पुँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासिक रिपोर्ट अनुसार कम्पनीको रिजर्भ कोषमा १० लाख ७१ हजार रुपैयाँ छ । तेस्रो त्रैमासमा कम्पनीले ३७ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रकाशित मिति : Sunday, August 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...