×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

फेसबुकमा Testony प्रयोग गरेर मज्जा लिइरहनु भएको छ ? होसियार ! तपाईंको पासवर्ड लगायतका विवरण दुरुपयोग हुँदैछ

केहि समय यता टेस्टोनी नामक एप प्रयोग गरेर भविष्यबारे जानकारी भन्दै रमाइलो गर्नेहरुको संख्या धेरै छ । तर जानकारहरुले यस्तो एप प्रयोग गर्दा तपाईंको व्यक्तिगत विवरण चोरिन सक्ने बताएका छन् । यसैबीच युवा प्राविधिक प्रदिप अधिकारीले यस्ता एप प्रयोग गर्दा हुने हानीबारे भिडियो तयार गरेका छन् ।

उनका अनुसार यसरी यो एप प्रयोग गर्दा फेसबुकको पासवर्ड लगायतका विवरणहरु चोरिन सक्ने सम्भावना अधिक हुने गरेको छ । यस्ता एप प्रयोग गर्दा फेसबुकमा रहेका सुक्ष्म विवरणहरु पनि चोरिना सक्ने उनको दावी छ ।    यता गजेन्द्र बुढाथोकीले पनि यस्तै सुझाव दिएका छन् ।

यो एप प्रयोग गर्दा एपले प्रयोगकर्ताको इमेल, र अन्य विवरण समेत चोरिने जानकारहरुको भनाइ छ । क्षणिक मज्जाका लागि यो एप प्रयोग गर्दा गोपनियता चोरी हुने हुनाले सजग रहन जानकारहरुको भनाइ छ ।  
टेस्टोनी एपबाट ‘तँ के कुरा सोच्दैछस्?’,  ‘कति पैसा कमाउँछस्?’,  ‘तेरो मृत्यु कहिले र कसरी हुन्छ?’, ‘तेरो असलियत के हो?’, ‘ठूलो भएर के हुन्छस्?’, लगायतका कुराहरु सेयर गरेर रमाउनेहरु अहिले धेरै छन् । पछिल्ला केहि दिन फेसबुकमा यो अझै धेरै भाइरल भएको छ ।  
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: