×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

विहान उठ्न मन नै लाग्दैन ? यस्तो छ समस्याको समाधान !

  • अर्थ सरोकार टिप्स 
विहान उठ्नै मन नलाग्ने समस्या धेरैमा हुन्छ । अझ किशोर अवस्थामा यो समस्याले झन् सताउँछ । २० बर्ष भन्दा उता र ३० बर्षभन्दा माथिका मानिसलाई यो समस्याली सताउने गरेको छ । तपाईंलाई पनि यस्तै भएको हुनसक्छ। विहान उठ्ने मन नलाग्ने र केहिछिन् भएपनि सुत्छु भन्ने अनि ढिलो उठ्ने समस्या धेरैको हुन्छ । यसले गर्दा स्वास्थ्यमा पनि असर गर्छ । यो समस्या तपाईंमा पनि छ भने यसको समाधान पनि गाह्रो छैन । स्वास्थ्य विज्ञहरुले यहि समस्याको समाधान यसरी दिएका छन् ।
१. सुत्ने दैनिक रुटिन बनाउपर्छ । कहिले ढिलो सुत्ने र कहिले ढिलो उठ्ने गर्नु हुँदैन ।
२. खाना खाने बितिकै सुत्दा यस्तो समस्या झन् आउन सक्छ । खाना खाएपछी केहि घण्टापछी टन्न पानी खाएर सुतियो भने स्वास्थ्यलाई पनि निकै राम्रो हुन्छ भने आलस्य हुने समस्या पनि घट्छ ।
३. निकै महत्वपूर्ण काम विहानका लागि राख्नुहोस् । यसले छिटो उठ्न मनोवैज्ञानिक रुपमा सहयोग गर्छ भने तपाईंको दिन पनि राम्रो बनाउँछ ।
४. कतिपयको लुगा लगाएर सुत्ने बानी हुन्छ । अफ्ट्यारो लुगा लगाएर सुत्दा पनि निन्द्रा राम्रो हुँदैन र यस्तो समस्या आउन सक्छ ।
५. कोठा पूरै अँध्यारो भन्दापनि केहि मधुरो प्रकाश बालेर सुत्ने बानी गरियो भनेपनि यो समस्याको समाधान हुन्छ।
६. कतिपय विद्यार्थी अवेरसम्म पढ्नुपर्ने हुन्छ । त्यस्तो छ भने नियमित रुटिन बनाउने । नियमित रुपमा सधैं यसरी पढियो भने र उठ्ने रुटिन बनाइयो भने पनि यो समस्याको समाधान हुन्छ ।
७. अर्लाम राख्नुहोस् तर अर्लाम राखेको घडी वा मोबाइल ओछ्यान भन्दा पर राख्नुहोस् । यसले तपाईंलाई उठाउन मद्धत गर्छ ।
८. नियमित रुपमा विहान उठ्ने बितिकै टन्न पानी खानु भयो भने तपाईंको स्वास्थ्यलाई पनि राम्रो गर्छ भने अल्छीपना पनि कम हुन्छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: