×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जुन बेला पनि अल्छी लाग्छ ? सुत्न पाएपछी केहि चाहिन्न ? यस्तो छ यो समस्याको समाधान !

  • अर्थ सरोकार टिप्स 
जहिले पनि सुत्न मन लाग्ने, निकै अल्छी लाग्नेजस्ता समस्या धेरैमा हुन्छ । यसले स्वास्थ्यमा मात्र होइन, दैनिक जीवनमा पनि असर गरिरहेको हुन्छ । जसले गर्दा धेरै कामहरु गर्न बाँकी भएर बस्छन् भने अधिकांस बेलाको समय व्यर्थ जान्छ । त्यसैले यो अल्छीपानालाई हटाउन जरुरी छ । जहिले पनि सुत्न मन लाग्ने वा अल्छी लाग्ने समस्या हटाउन खास गाह्रो पनि छैन । हेर्नुहोस् ५ टिप्स :
१. व्यस्त हुने प्रयास गर्नुहोस् । केहि काम गर्दा सुतेर वा ओछ्यानमा पल्टिएर गर्नुहुन्छ भने त्यो काम सुधार्नुहोस् ।गर्ने पर्ने काम विहानलाइ थाती राख्नुहोस् । दिउँसो टिभी हेर्दा वा अन्य केहि काम गर्दा पनि ओछ्यानमा नपल्टिनुहोस् ।
२. पानी धेरै पिउनुहोस् । यसले तपाईंको शरीरलाइ ताजा राख्छ जसका कारण अल्छीपन भाग्छ । सकेसम्म जनक फुडहरु नखानुहोस् । धेरै नखानुहोस् । मदिरा सकेसम्म नपिउनुहोस् ।
३. अलिकति शरीरमा कतै दुखाइ हुने बित्तिकै सुत्ने काम बन्द गर्नुहोस् । हिंड्ने बानी गर्नुहोस् । राती कुन बेला सुत्ने र विहान कुन बेला उठ्ने दैनिक तालिका बनाउनुहोस् ।
४. दुधको चिया बन्द गर्नुहोस् । यो स्वास्थ्यका लागि निकै असर गर्ने चीज हो । स्वास्थ्य ठिक भएन भने पनि अल्छीपना बढ्छ ।
. नियमित व्यायाम गर्नुहोस् । यसले तपाईंको स्वास्थ्यलाई राम्रो असर गर्छ । जसका कारण अल्छीपपना हट्छ । योगा गर्नुहोस् । दिनभर कुर्सीमा बसेर गर्ने काम छ भने बेला बेलामा हिड्ने गर्नुहोस् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: