×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भरतपुर अपडेट : मतान्तर अझै घट्यो, देवी ज्ञवाली १५३ मतले मात्र अगाडी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २१ श्रावण २०७४, शनिबार

PRIME CA
laxmi sunrise bank

भरतपुर अपडेट : मतान्तर अझै घट्यो, देवी ज्ञवाली १५३ मतले मात्र अगाडी !

भरतपुर- भरतपुर् महनगरपालिकाको वडा नं २० को ८ सय मत गन्दा नेकपा एमाले उम्मेदवार देवी ज्ञवालीले ५३ मतले अघि छन् । पछिल्लो अपडेट अनुसार ज्ञवालीले अहिलेसम्म ४२ हजार २०१ मत ल्याएका छन् भने माओवादी उम्मेदवार रेणु दाहालले ४२ हजार ४६ मत ल्याएकी छन् ।  भरतपुरको २९ वटा वडा मध्ये २८ वटाको परिणाम आइसकेको छ । २७ मध्ये १४ वटा वडा एमालेले, ११ वटा कांग्रेसले र ३ वटा माओवादीले जितेका छन् । अब वडा नः २० को ३३०२ मत खसेको छ । वडा नः २० पनि कांग्रेसको प्रभाव क्षेत्र हो । त्यहाँ गत बैशाख ३१ गते नै मतदान भएको थियो ।
यसैबीच भरतपुर महानगरपालिका वडा नः १९ का नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । कांग्रेसका वडाध्यक्ष उम्मेदवार कर्णबहादुर गुरुङले १४७८ मत ल्याई विजयी भए । उनले एमालेका उम्मेदवार प्रकाश तामाङलाई हराए । यो वडामा माओवादीले कांग्रेसलाई समर्थन गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: