नेकपा एमालेले स्थायी कमिटिको बैठक बस्दै
Powered by Blogger.
नेकपा एमालेले स्थायी कमिटिको बैठक बस्दै


  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ - भरतपुर महानगरपालिकाको मतदानको नतिजा घोषणा भए पछि आज नेकपा एमालेले पार्टीको स्थायी कमिटिको बैठक बोलाएको छ । भरतपुर प्रकरण लगायत पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्नका बोलाएको छ। 

आइतबार दिउँसो ४ बजेको लागि पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको हो । केन्द्रिय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार  प्रदेश नं २ मा प्रमुख र उपप्रमुख के गर्ने देखि लिएर  मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायत भरतपुर राजनीतिक अवस्था बारे उत्पन्न हुने समस्याहरु के के हुन सक्ला भनि बस्ने बैठकको मूल बिषय रहने बताएका छन् ।

प्रकाशित मिति : Sunday, August 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...