मन्त्रीसँग रिसायो दरबारमार्ग : व्यवसायी यसो भन्छन्
Powered by Blogger.
मन्त्रीसँग रिसायो दरबारमार्ग : व्यवसायी यसो भन्छन्

काठमाडौँ । राजधानीको दरबारमार्ग क्षेत्रका व्यवसायीले नेपाल आयल निगमका प्रमुख गोपाल खड्काले करोडौ भ्रष्टाचार गर्दा मौन बस्ने आपूर्तिमन्त्री शिवकुमार मण्डलले खुला व्यवसायमा ताला लगाउनु गलत नियत भएको दाबी गरेका छन् । 

उनीहरुले आपूर्ति मन्त्रालयमातहतकै आयल निगमका कार्यकारी निर्देशक खड्कालाई कारबाही गर्न नसक्ने मन्त्रीले दरबारमार्गको निजी व्यवसायलाई दुख दिने नियतका साथ नौवटा ठूला पसलमा सिलबन्दी गरेको बताए ।

खड्कालाई कारबाही गर्न नसक्ने आपूर्ति मन्त्री र मन्त्रालय दुइ चार हजारको व्यपार गर्ने व्यवसायीको पछाडि हात धोएर लागेको व्यवसायीले गुनासो गरेका छन् । आजको नागरिकमा खबर छ ।

दरबारमार्गका व्यवसायीहरुको संस्था दरबारमार्ग बिकास समिति बिकास बार्डले बिहीबार पत्रकार सम्मेलन गरी सरकारले गलत नियतका साथ पसलमा ताल्चा लगाएको दाबी गरे ।

प्रकाशित मिति : Friday, September 8, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...