काजीसँग किन डराए पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ?


काठमाडौँ – आगामी प्रतिनिधि सभाका लागि हुने निर्वाचनमा नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराई ब्याक हट्ने देखिएको छ । त्यसो त उनी निर्वाचनमा सहभागी नभएर नभइ गोरखाबाट चुनाव नलड्नेगरी पछि हटेका हुन् ।

यसअघि सम्पन्न दुई संविधानसभाको निर्वाचनमा गोरखा क्षेत्र नम्बर दुईबाट विजयी भएका बाबुराम यसपटक माओवादी नेता नारायणकाजी श्रेष्ठका कारण तर्सिएको बताइन्छ । केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले गोरखा पुगेर नयाँ शक्तिसँग तालमेल नहुने संकेत गरेसँगै नारायणकाजीको चर्चा छ ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका बाबुराम दुई नम्बर क्षेत्रबाट नारायणकाजी उठ्ने भएपछि चुनाव जित्नेमा ढुक्क छैनन् । किनकि नारायणकाजीको क्षेत्र पनि त्यही हो । स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति गोरखाबाट बढारिएपछि बाबुरामको मन भाँडिएको हुनसक्ने चर्चा पनि अर्को वृत्तमा छ । तर, बाबुराम गोरखाबाट पछि हट्न खोज्नुको कारण नारायणकाजी नै रहेको स्रोत बताउँछ ।


बाबुरामको यस्तो इच्छा

नयाँ शक्तिका एक नेताले काठमाण्डु टुडेसँग भने, ‘गोरखाभन्दा बाहिरबाट चुनाव लड्ने कि भन्ने छलफल चलेको हो । अहिले त्यसको विकल्पको रुपमा काठमाण्डु छ ।’

ती नेताले भनेजस्तै बाबुरामले काठमाण्डुबाट चुनाव लड्न विवेकशील नेपालीको साथ खोजिरहेका छन् । यसका लागि विभिन्न चरणमा छलफल भएको र बाबुरामलाई सहयोग गर्न विवेकशील सकारात्मक देखिएको स्रोतको दाबी छ । - काठमाडौँ टुडे 
प्रकाशित : Monday, September 25, 2017
,

recent

Popular Posts