अपहरण शैलिमा गिरफ्तार गरियो कम्युनिष्ट पार्टीका सेक्रेटरीसहित ३ नेता
Powered by Blogger.
अपहरण शैलिमा गिरफ्तार गरियो कम्युनिष्ट पार्टीका सेक्रेटरीसहित ३ नेता

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी उदयपुरका सेक्रेटरी क.वावुरामसहित ३ नेतालाई प्रहरीले गिरफ्तार गरेको छ ।

उदयपुरको गाइघाटस्थित आफ्नै पार्टी कार्यालयमा छलफलमा चलिरहेको अवस्थामा एकाएक पुगेको एकहुल प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा सगरमाथा ब्युरोले जनाएको छ ।

सेक्रेटरी बाबुरामसहित कार्यालय सचिव सुरेन्द्र र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य दुर्गा तामाङलाई एकैसाथ गिरफ्तार गरेको सो पार्टीले जनाएको छ ।

पार्टीको आन्तरिक छलफल चलिरहको अवस्थामा यसरी अपहरणकारी शैलीका आफ्ना नेताहरुलाई गिरफ्तार गरेको भन्दै नेकपाले भ्रत्सना गरेको छ ।

प्रकाशित मिति : Wednesday, September 6, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...