×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नाप तौल विभागका निरीक्षसहित तीन कर्मचारी रंगेहात पक्राउ

काठमाडौं – निजामति सेवा दिवसकै दिन नाप तौल विभागका शाखा अधिकृतसहित तीनजना कर्मचारीलाई घुस लिँदालिँदै अख्तियारले पक्राउ गरेको छ । 
उनीहरुलाई बिहीबार बिहान भक्तपुरबाट अख्तियारको टोलीले पाँच लाख घुससहित रंगेहात पक्राउ गरेको हो ।आयोगले गुणस्तर तथा नापतौल विभागको ट्याक्सी–टेम्पो एकाईका निरीक्षक विकास धोजुसहित तीन कर्मचारीलाई रंगेहात पक्राउ गरेको हो । 
उनीसँगै सोही एकाईका सहायक निरीक्षकद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई पनि ट्याक्सी मिटर पास गर्ने नाममा घुस लिइरहेको अवस्थामा भक्तपुरको सल्लाघारीबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता जीवराम कोइरालाले जानकारी दिएका छन्।
उनीहरूले ४ सय ५० ट्याक्सी मिटर पास गर्न ५ लाख रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ । मिटर पास गर्न विभाग कर्मचारीले ६ लाख ७५ हजार रुपैयाँ माग गरेका थिए ।
घुस लेनदेन भइरहेको खबर पाएपछि अख्तियारको टोली रेष्टुरेन्टमा पुगेको थियो । तिनैजना अहिले अख्तियारको नियन्त्रणमा छन् । उनीहरुको बारेमा थप अनुसन्धान गरेर कारवाही गरिने कोइरालाको भनाई छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: