×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सेन्चुरी बैंकको ४०% हकप्रद भर्ने म्याद भोलिसम्म, यी ठाउँबाट भर्नुस् आवेदन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सेन्चुरी बैंकको ४०% हकप्रद सेयर भर्न अब दुई दिन मात्र बाँकी छ । सोमबार कार्यालय समयभित्र हकप्रदमा आवेदन दिइसक्नुपर्नेछ । बैंकले सुरुमा साउन १६ देखि भदौ १८ गतेसम्मको समयसिमा तोकेर १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ८८ लाख ५४ हजार २५७ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 
लगानीकर्ताले सीटीसी मल सुन्धारास्थित बिक्री प्रबन्धकको कार्यालय र सेन्चुरी बैंकको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । सेन्चुरीले केही समय अघिमात्र इन्नोभेटिभ र अरनिको डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर एकीकृत कारोवार सुरु गरेको थियो । यी दुई विकास बैंकलाई एक्वायर गरेपश्चात कायम भएको चुक्ता पुँजीबाट बैंकले ४०% हकप्रद निष्कासन गरेको हो ।
यो हकप्रद सेयर गाभिएका अरनिको र इन्नोभेटिभ डेभलपमेन्ट बैंकका सेयरधनीले भर्न पाउनेछन् । तर, सगरमाथा फाइनान्सका सेयरधनीले हकप्रद भर्न पाउने छैनन् । सगरमाथा फाइनान्सलाई पनि सेन्चुरीले एक्वायर गरी एकीकृत कारोबार सुरु गरिसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: