सिटिजन्स बैंकले असोज ९ गते बोलायो साधारण सभा, के-के छन् प्रस्ताब
Powered by Blogger.
सिटिजन्स बैंकले असोज ९ गते बोलायो साधारण सभा, के-के छन् प्रस्ताब

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिटिजन्स बैंकले १६% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश पारित गर्नको लागि असोज ९ मा साधारण सभा बोलाएको छ । साधारण सभामा बैंकले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने सम्बन्धमा विशेष प्रस्ताव पनि पेस गर्ने भएको छ । 

यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत अन्य विशेष प्रस्ताव पनि लगिने भएको छ । साधारण सभा गर्न सिटिजन्सले भदौ १२ देखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ । यसआधारमा, साधारण सभामा भोट दिन र बैंकले दिने लाभांश पाउन भदौ ११ गतेसम्ममा सेयर किनिसकेको हुनुपर्नेछ । 

सभा अमृतभोग कालीकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ । हाल सिटिजन्सको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६% बोनसपछि बैंकको चुक्ता पुँजी पनि ८ अर्ब २ कारोड ९१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड १ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५१ पैसा छ ।

प्रकाशित मिति : Tuesday, September 5, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...