सिटिजन्स बैंकको साधारण सभा हुँदै
Powered by Blogger.
सिटिजन्स बैंकको साधारण सभा हुँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनलको एघारौं बार्षिक साधारण सभा आज (असोज ९ गते ) ११ बजेबाट अमृतभोग कालीकास्थान डिल्लीबजारमा सुरु भएको छ । सभामा बैंकले १६% बोनस सेयर र कर तिर्न ०.८५% नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । त्यस्तै, बैंकले रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्न विशेष प्रस्ताव लगिएको छ । यसैगरी, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेलगायत अन्य विशेष प्रस्ताव साधारण सभामा लगिएको छ । 

साधारण सभा गर्न सिटिजन्सले भदौ १२ देखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ । भदौ ११ गतेसम्म मात्र कायम रहेका सेयरधनीले मात्र सभामा भोट दिन र लाभांश लिन पाउनेछन् । हाल सिटिजन्सको चुक्ता पुँजी ६ अर्ब ९२ करोड १६ लाख ९० हजार रुपैयाँ छ । १६% बोनसपछि बैंकको चुक्ता पुँजी पनि ८ अर्ब २ करोड ९१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब २१ करोड १ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सिटिजन्सको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४८ पैसा र प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ५१ पैसा छ ।

प्रकाशित मिति : Monday, September 25, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...