×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पाल्पाको छहरा पुग्यो सिटिजन्स बैंक इन्टरनेशनल, गभर्नरले गरे शाखा समुद्घाटन

सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेड ले आफ्नो ६०औं शाखा पाल्पाको छहरामा समुद्घाटन गरेको छ । आज मिति २०७४ सालभाद्र १८गते नेपाल राष्ट्र बैंक का गभर्नर डा. चिरन्जीवी नेपाल को बाहुली बाट उद्घाटन गरी बैंकिंग कारोबारको सुरुवातगरिएको छ । उक्त समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, ब्यापारी, नागरिक समाजकाअगुवाहरुको बाक्लो उपस्थिथि रहेको थियो ।
छहारा शाखाको बिधिबत समुद्घाटनसंगै सिटीजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकमलाई देशभरी फैलिएका बैंकको ६० वटा शाखा, ५९ वटा ए.टि.एम. काउन्टर र ९७ वटा शाखा रहितआधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाखग्राहकहरुलाई सेवा प्रदानगर्दै आएको छ ।. साथै आफ्नो ग्राहकवर्गलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सविधाहरु तथा कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउदै आऐको छ ।
उक्त समारोहमा सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले गभर्नरको हातबाट श्री भैरव नवदिप माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर र श्री महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमाआफ्नाग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानमा चाँडैनै थपशाखा संचालनगर्ने योजना अगाडि सारेको बताएको छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: