स्थगित भयो दार्जिलिङको आन्दोलन, फिर्ता भयो बन्द
Powered by Blogger.
स्थगित भयो दार्जिलिङको आन्दोलन, फिर्ता भयो बन्द



काठमाडौं - विगत सय दिनभन्दा बढी अवधिदेखि चलिरहेको गोर्खाल्याण्ड आन्दोलन र दार्जिलिङ्ग बन्दको कार्यक्रम आन्दोलनकारीहरुले फिर्ता लिएका छन् ।

भारतको केन्द्रिय सरकारका गृहमन्त्री राजनाथ सिंहको आग्रहमा उक्त आन्दोलन र बन्दको कार्यक्रम फिर्ता गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

दार्जिलिङ्ग बन्द स्थगित भएपछि पहाडकी रानी भन्ने नामबाट परिचित दार्जिलिङ्ग र आसपासका सबै ठाउँका जनजीवन बुधबार बिहानदेखि पहिलाजस्तै सामान्य र सुचारु भएको छ ।

पश्चिम बङ्गालबाट टुक्रिई दार्जिलिङ्ग र आसपासका क्षेत्रलाई एक छुट्टै राज्य–गोर्खाल्याण्डको स्थापना हुनुपर्ने मुख्य माग राख्दै दार्जिलिङ्गको गोर्खा जनमुक्ति मोर्चाको अगुवाईमा एकसय दिनभन्दा बढीसम्म लगातार जनआन्दोलन चलिरहेको थियो ।

गोर्खा जनमुक्ति मोर्चाका प्रमुख नेता बिमल गुरुङ्गले पार्टीका अन्य नेताहरुसँग सल्लाह गरी एक रेडियो वक्तव्यमार्फत् अनिश्चित कालसम्मका लागि आन्दोलन र बन्दको कार्यक्रम फिर्ताको घोषणा गरेका जनाइएको छ ।

दशैं तिहारजस्ता ठूला चहाड, पर्वलाई ध्यानमा लिई सामाजिक शान्ति र सद्भाव कायम राख्न आन्दोलन स्थगित गरिएको जनाइएको छ ।

प्रकाशित मिति : Wednesday, September 27, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्


Loading...