×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ठुलो मात्रामा लागुऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण व्युरोले लागु औषध कोकिन सहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ । दुई किलो सात सय ग्राम लागु औषध सहित बोलिभियन नागरिक अधेमर अनेज लोपेज र भारतीय महिला कमार जहानलाई पक्राउ गरेको हो ।
२७ वर्षीय बोलिभियन नागरिक लोपेज बोलिभियाबाट ब्राजिल दुबई हुँदै नेपाल प्रवेश गरेका थिए । शनिवार साँझ ठमेलमा भारतिय महिला कमार जहानलाई कोकिन हस्तान्तरण गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । ५९ वर्षिय भारतीय महिला यस अघि पाकिस्तान पनि पुगेको उनको पासर्पोटमा देखिएको लागुऔषध नियन्त्रण व्युरोका प्रमुख डिआईजी ठुले राईले बताए । व्युरोले भारतिय महिला भरियाको रुपमा कार्य गरिररहेको ठहर गरेको छ । 
व्युरोले बोलिभियन नागरिक भने पहिलोपटक नेपाल प्रवेश गरेको जानकारी गराएको छ । लागु औषधको कारोवारीले कोकिनलाई व्यागको रंग रुपान्तरण गरि गर्नको लागि कालो रंगमा परिणत गरेको व्युरोले जनाएको छ । व्युरोले लागुऔषधका कारोवारीको अनुसन्धान भईरहेकोले थप विषय खुल्दै जाने बताएको छ । 
बोलेभियन नागरिकको लोपेज तिन दिन अघि नेपाल प्रवेश गरेको थियो । उनको बारेमा निगरानी बढाएपश्चात लागुऔषध सहित कारोवारीलाई व्युरोले नियन्त्रणमा लिएको हो । 
व्युरोले बर्दिया मधुवन ९ का लक्ष्मण विकलाई खैरो हिरोईन तिन ग्राम र ललितपुर गोदावरीबाट र सोहि स्थान घर भएका हिमराज परियारलाई खैरो हिरोइन १२ ग्राम सहित ठुलो भ–याङबाट पक्राउ गरिएको जानकारी गराएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: