नेपाल ग्रामीणको ९ लाख ७५ हजार कित्ता एफपीओ आउदै, प्रतिकित्ता १०० रुपैयाँमात्र
Powered by Blogger.
नेपाल ग्रामीणको ९ लाख ७५ हजार कित्ता एफपीओ आउदै, प्रतिकित्ता १०० रुपैयाँमात्र

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौं - भदौं २७ गतेदेखि नेपाल ग्रामीण विकास बैंकको एफपीओ बिक्री खुला हुने भएको छ । बैंकले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता एफपीओ बिक्री खुला गर्न लागेको हो । यो एफपीओमा छिटोमा भदौ ३० र ढिलोमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ । ग्रामीणले एफपीओमा कुनै प्रिमियम शुल्क जोडेको छैन । 

ग्रामीणले एफपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरमै बिक्री गर्न लागेको हो । लगानीकर्ताले आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट यो एफपीओमा आवेदन दिन पाउनेछन् । ग्रामीणको एफपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४ हजार ८७० कित्तासम्म आवेदन दिन सकिनेछ । यसको बिक्री प्रकन्धक प्रभु क्यापिटल लिमिटेड हो । 

हाल ग्रामीण विकास बैंकको चुक्ता पुँजी ५५ करोड ७५ लाख रुपैयाँ रहेको छ । एफपीओ बिक्रीपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १६ करोड १४ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ग्रामीणको प्रतिसेयर आम्दानी २८ रुपैयाँ ९६ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ १० पैसा रहेको छ ।

प्रकाशित मिति : Friday, September 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...