जनरल फाइनान्सको १२५% हकप्रद बिक्री खुला, फारम भर्न कहाँ जाने
Powered by Blogger.
जनरल फाइनान्सको १२५% हकप्रद बिक्री खुला, फारम भर्न कहाँ जाने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - जनरल फाइनान्सको १२५% हकप्रद सेयर मंगलबारदेखि बिक्री खुला भएको छ । फाइनान्सले १ः१.२५ अनुपातमा १०० रुपैयाँ अंकित मूल्यको १६ लाख ५२ हजार ८५० कित्ता सेयर बिक्री खुला गरेको हो । यो हकप्रद सेयर असोज ३० गतेसम्म भर्न पाइनेछ । फाइनान्सको हकप्रदमा साउन २५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । 

हाल जनरलको चुक्ता पुंजी २२ करोड १ लाख ९५ हजार रुपैयाँ रहेको छ । हकप्रदछि भने कम्पनीको चुक्ता पुँजी ३८ करोड ५४ लाख ४८ हजार रुपैयाँ पुग्नेछ । जनरलले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ लाख ८६ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ पैसा र प्रतिसेयर नेटवर्थ ३९ रुपैयाँ ६४ पैसा रहेको छ ।

आवेदकले बिक्री प्रकन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड, राष्ट्रिय नाचघर जमल काठमाडौं र फाइनान्सको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–७, चाबहिल तथा शाखा कार्यालय पाको न्यूरोड काठमाडौंबाट पनि आवेदन दिन सक्नेछन् । त्यसैगरी, ग्लोबल आइएमई बैंकको आदर्शनगर–१३, वीरगंज, सहिद चोक नारायणघाट, पृथ्वीचोक पोखरा, लोकतान्त्रीक चोक बागलुङ्ग, त्रिभुवनचोक नेपालगंज, र बिपि चोक बुवलबाट पनि आवेदन दिन सकिनेछ । 

प्रकाशित मिति : Tuesday, September 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...