२ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?
Powered by Blogger.
२ सयले बढ्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैँछ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको चौथौ दिन बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रति तोला ५६ हजार ९ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ५७ हजार १ सयमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ८५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४८ हजार ९ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७३ रुपैयाँ कायम गरेको छ।

प्रकाशित मिति : Wednesday, September 13, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...