सुनचाँदीको मूल्य निरन्तर वृद्धि, हेर्नुस् आज कतिमा हुदैँछ कारोबार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको तेश्रो दिन मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रति तोला ५७ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले बढेर ५७ हजार ३ सय मुल्यमा कारोबार भइ रहेको छ ।

यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय ९० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज मंगलबार प्रति १० ग्राम  छापावाला सुन मूल्य ४९ हजार १ सय २५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ७७ रुपैयाँ कायम गरेको छ।
प्रकाशित : Tuesday, September 05, 2017
,

recent

Popular Posts