गुडविल फाइनान्सको ८१ हजार ७२५ कित्ता सेयर लिलामीमा
Powered by Blogger.
गुडविल फाइनान्सको ८१ हजार ७२५ कित्ता सेयर लिलामीमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - आश्विन १ गते (आइतबार) देखि  गुडविल फाइनान्सले सर्वसाधारण समूहको ८१ हजार ७२५ कित्ता सेयर ललामीमा ल्याएको छ । लगानीकर्ताले यो सेयरमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी निवेदन दिनुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद भने असोज १० गतेसम्म तोकिएको छ । यसअघि कम्पनीले असार १८ गतेदेखि साउन २२ गतेसम्म २७ लाख २२ हजार ५०० (६०%) कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

त्यो समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि बाँकी रहेको सेयर लिलामीमा ल्याएको हो । आवेदकले बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौंमा पुग्ने गरी फारम बुझाउनु पर्नेछ । हाल गुडविलको चुक्ता पुँजी ५८ करोड १६ लाख ६५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा फाइनान्सले ९ करोड ६० लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गुडविलको प्रतिसेयर आम्दानी २१ रुपैयाँ १७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ५० पैसा रहेको छ ।


Published Date : Sunday, September 17, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...