×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोर्खाज फाइनान्सले कमायो १७ करोड ३ लाख रुपैयाँ नाफा, सेयरधनी कोष २३ लाख रुपैयाँले ऋणात्मक (विवरणसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड ३ लाख रुपैयाँ नाफा कमाएको छ । फाइनान्सको नाफा गत वर्षको यसै अवधिको तुलनामा १० करोड ९१ लाख अर्थात १७८ प्रतिशतले धेरै हो ।  गत आर्थिक वर्षको यसै अवधिमा फाइनान्सले ६ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चुक्ता पूँजी ८६ करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको फाईनान्सको जगेडा कोषमा ७४ करोड रुपैयाँ सञ्चित छ भने सेयरधनी कोष २३ लाख रुपैयाँले ऋणात्मक देखिएको छ । पुस मसान्तसम्ममा ७ अर्ब ७२ करोड ४७ लाख रुपैयाँ निक्षेप संकलन गरेको फाईनान्सले ५ अर्ब ४६ करोड ७७ लाख रुपैयाँ कर्जा लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ।
पुसमसान्तसम्म संस्थाले १३ करोड ७३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो गत वर्षको यसै अवधिको तुलनामा ३ करोड ५५ लाख कम हो । संस्थाको प्रतिसेयर आम्दानी ३९ पैयाँ २५ पैसा प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ २१ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: