काबेली विकास बैंकको आजदेखि हकप्रद खुला, फारम भर्न कहाँ जाने ?
Powered by Blogger.
काबेली विकास बैंकको आजदेखि हकप्रद खुला, फारम भर्न कहाँ जाने ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - काबेली विकास बैंकले आइतबारदेखि ५०% हकप्रद सेयर निष्कासन गरेको छ । काबेलीले २ः१ अनुपातमा ३ लाख ५० हजार ८८० कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रति हकप्रद १०० रुपैयाँ दर निर्धारण गरेको छ। यसमा साउन १८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । बैंकले हकप्रद भर्ने अन्तिम म्याद भने असोज २१ गते तोकेको छ । 

हाल काबेलीको चुक्ता पुँजी ७ करोड १ लाख ७६ हजार रुपैयाँ छ । हकप्रदको बिक्रीपछि बैंकको चुक्ता पुँजी १० करोड ५२ लाख ६४ हजार रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले २ करोड ३४ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । काबेलीको प्रतिसेयर आम्दानी (वार्षिक) ३३ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ ५४ पैसा छ ।

काबेलीले निष्कासन गरेको हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नाचघर जमल तथा ग्लोबल आइएमई बैंकको वीरगंज, इटहरी, जनकपुर, नारायणघाट, पोखरा, नेपालगंज र बुटवल शाखाबाट हकप्रदका लागि आवेदन दिन सक्नेछन् । यसैगरी, काबेली विकास बैंकको धनकुटा स्थित रजिष्टर्ड कार्यालय तथा धनकुटा जिल्लाकै हिले, बुधबारे, राजारानी र सिधुवा शाखाबाट पनि आवेदन दिन पाइनेछ । 

प्रकाशित मिति : Sunday, September 3, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...