कैलाश विकास बैंकले १०% बोनस र ९.५०% नगद लाभांश दिने
Powered by Blogger.
कैलाश विकास बैंकले १०% बोनस र ९.५०% नगद लाभांश दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - कैलाश विकास बैंकले १०% बोनस सेयर र ९.५०% नगद लाभांश दिने घोषणा गरेको छ । शुक्रबार बसेको बैंकको सञ्चालक समिति बैठकले हाल कायम २ अर्ब २९ करोड १४ लाख ८७ हजार २०० रुपैयाँ चुक्ता पुँजीबाट बोनस र नगद लाभांश दिने निर्णय गरेको हो । बोनस वितरणपछि कैलाशको चुक्ता पुँजी राष्ट्र बैंकले तोके अनुसार पुग्ने भएको छ ।

राष्ट्र बैंकले राष्ट्रियस्तरका विकाश बैंकको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । १०% बोनस सेयरपछि कैलाशको चुक्ता पुँजी पनि २ अर्ब ५२ करोड ६ लाख ३५ हजार ९२० रुपैयाँ पुग्नेछ । बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५० करोड २६ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ९३ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९ पैसा छ ।

प्रकाशित मिति : Sunday, September 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...