लक्ष्मी लघुवित्तको १०% बोनस तथा १६.३२% नगद लाभांस दिने
Powered by Blogger.
लक्ष्मी लघुवित्तको १०% बोनस तथा १६.३२% नगद लाभांस दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - लक्ष्मी लघुवित्त वित्तिय संस्थाले १०% बोनस सेयर र १६.३२% नगद लाभांस दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई गत वर्षको नाफाबाट बोनस र नगदसहित २६.३२% लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिको निर्णयलाई नियामक राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्नुपर्नेछ । त्यसपछि मात्र लाभांस वितरण प्रक्रिया अघि बढ्नेछ । हाल लक्ष्मी लघुवित्तको चुक्ता पुँजी २२ करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा लक्ष्मीले १० करोड ७१ लाख १८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ६९ पैसा (बार्षिक) र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ०८ पैसा छ ।


Published Date : Wednesday, September 13, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...