×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एमालेका शिर्ष नेता हराउने कांग्रेस र माओवादीको गुरु योजना,यसरी बन्दैछ चुनावी तालमेल

काठमाडौं – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने तयारी थालेका छन् । करिव ५० निर्वाचन क्षेत्रमा दुई पार्टीले चुनावी तालमेल गर्ने गरी तयारी थालेको परराष्टमन्त्री कृष्णबहादुर महरा निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावी तालमेलका लागि गृहकार्य गर्न आफु निकटका नेतालाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले कांग्रेस नेता रमेश लेखक र प्रकाशशरण महतलाई र प्रचण्डले कृष्णबहादुर महरा र बर्षमान पुनलाई चुनावी तालमेलको जिम्मेवारी दिएका छन् ।
दुई पार्टीका चार नेताले चुनावी तालमेलबारे छलफल पनि गरेका छन् । दुवै पार्टीका नेताहरु ५० निर्वाचन क्षेत्रमा तालमेल गर्न सकिने निस्कर्षमा पुगेको स्रोतले बताएको छ । एमालेका प्रभावशाली नेताहरुको निर्वाचन क्षेत्रमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गर्ने तयारी गरिहेका छन् ।
प्रदेश नम्वर १ अन्तर्गत ताप्लेजुड, इलाम, धनकुटा, र झापा रहेका छन् भने प्रदेश नम्वर २ का बारा, पर्सा, रौतहट र सर्लाही रहेका छन् । एमाले अध्यक्ष केपी ओलीको निर्वाचन क्षेत्र झापा, वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाडको चुनाव क्षेत्र इलाम र सचिव तथा प्रचारविभागका प्रमुख योगेश भट्टराईको निर्वाचन क्षेत्र ताप्लेजुडमा कांग्रेस माओवादीले चुनावी तालमेल गर्ने तयारी गरेका छन् । त्यसैगरी एमाले नेता माधव नेपालको चुनावी क्षेत्र रौतहटमा पनि उनीहरुले चुनावी तालमेल गर्ने आन्तरिक तयारी थालेका छन् ।
एमालेका प्रभावशाली नेताहरु हराउन र आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गर्न देउवा र प्रचण्डले तालमेलको तयारी अगाडी बढाएका हुन् । उता माओवादी अध्यक्ष दाहालले घोषणा गरेको चितवन र देउवाको डढेल्धुरामा पनि चुनावी तालमेल गर्ने भएका छन् । त्यसैगरी कृष्णबहादुर महराको निर्वाचन क्षेत्र दाड, र कैलालीमा पनि चुनावी तालमेल गर्ने तयारी थालेका छन् । – एस काठमाडौँ 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: