मञ्जुश्री फाइनान्सको ५% हकप्रद आउँदै
Powered by Blogger.
मञ्जुश्री फाइनान्सको ५% हकप्रद आउँदै

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मञ्जुश्री फाइनान्सले ५% हकप्रद जारी गर्ने भएको छ । फाइनान्सको शुक्रबार बसेको सञ्चालक समिति बैठकले १००ः५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई आगामी वार्षिक साधारण सभामा प्रस्तुत गरिनेछ । साधारण सभाबाट हकप्रद प्रस्ताव पास भएपछि मात्र निष्कासन प्रकृया अघि बढ्नेछ । 

यसअघि मञ्जुश्रीले माघ ६ देखि फागुन ११ गतेसम्म पनि १७५% हकप्रद निष्कासन गरेको थियो । हाल यो फाइनान्सको चक्ता पुँजी ७२ करोड ४३ लाख ७९ हजार रुपैयाँ छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ करोड ४२ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ । फाइनान्सको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ ११३ रुपैयाँ ४९ पैसा छ ।

प्रकाशित मिति : Sunday, September 17, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...