×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

२ महिनादेखि तलब नपाएपछि मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले काम ठप्प पारे

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजना अन्तरगत सम्पूर्ण साइटमा खटिएका कर्मचारीहरुले २ महिनादेखि तलब नदिएका कारण काम ठप्प रोकेका छन् ।

खानेपानी आयोजनाको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीले सम्पूर्ण कर्मचारीको तलब २ महिनादेखि रोकेपछि कर्मचारीहरु ४ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुको आन्दोलनका कारण खानेपानी आयोजना अन्तरगतका सम्ूपर्ण साइटहरु सुन्दरी जल सुरुङ, सिन्धु सुरुङ साइट, ग्याल्थुम सुरुङ साइट, मेलम्ची खानेपानीको मुख्य ड्याम साइट हेलम्बु र तिम्बुको समेत सम्पूर्ण काम ४ दिनदेखि ठप्प रहेको छ ।

५ सय ५० भन्दा बढी कर्मचारीहरुले समयमै तलब उपलब्ध गराउन भन्दै संयुक्त रुपमा काम रोके पनि ठेकेदार कम्पनी सिएमसीले भने अहिलेसम्म विकल्प खोजेको छैन । कर्मचारीहरुले भने कम्पनीले आफ्ना मागको बेवास्ता गरेको बताउँदैआएका छन् । – नेपाली पत्रबाट साभार

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: