मितेरी डेभलपमेन्ट बैंकले ३१.४८% बोनस सेयर र १.६६% नगद लाभांश दिने
Powered by Blogger.
मितेरी डेभलपमेन्ट बैंकले ३१.४८% बोनस सेयर र १.६६% नगद लाभांश दिने

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मितेरीले ३१.४८% बोनस र कर तिर्न १.६६% नगद लाभांश दिने भएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले बैंकको ११ करोड ९७ लाख ६ हजार ९४४ रुपैयाँ बराबरको बोनस र ६३ लाख ३६५.४७ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गर्न भर्ने बाँकी नै छ । 

राष्ट्र बैंक र साधारण सभाले लाभांश प्रस्ताव अनुमोदन गरेपछिमात्र वितरण प्रकृया अघि बढ्नेछ । मितेरीको चुक्ता पुँजी ३८ करोड २ लाख ९३ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंकले १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५६ रुपैयाँ २५ पैसा छ ।


Published Date : Friday, September 8, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...