×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मिथिला लघुवित्तले १५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

काठमाडौं – मिथिला लघुवित्त वित्तीय संस्थाले १५% बोनस सेयर दिने भएको छ । आइतबार बसेको सञ्चालक समितिको १८५औँ बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५% बोनस सेयर दिने निर्णय गरेको हो । उक्त संस्थाले बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश पनि दिने भएको छ ।
कम्पनीले १ करोड ५८ लाख ७९ हजार २४० रुपैयाँ बोनस सेयरमा खर्च गर्नेछ । यस्तै, बोनसमा लाग्ने कर प्रयोजनका लागि ८ लाख ३५ हजार ७४९.४९ रुपैयाँ पनि दिनेछ । हाल संस्थाको चुक्ता पुँजी १० करोड ५८ लाख ६१ हजार ६०२ रुपैयाँ रहेको छ । बोनस वितरण पछि यस लघुवित्तको चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८४२ रुपैयाँ पुग्नेछ ।
यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् कम्पनीले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: