मुक्तिनाथ विकास बैंकको ४०% हकप्रद भर्ने आज अन्तिम म्याद, यी ठाउँबाट आवेदन दिन सकिन्छ
Powered by Blogger.
मुक्तिनाथ विकास बैंकको ४०% हकप्रद भर्ने आज अन्तिम म्याद, यी ठाउँबाट आवेदन दिन सकिन्छ

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - मुक्तिनाथ विकास बैंकको ४०% हकप्रद सेयर भर्ने आइतबार अन्तिम दिन हो । लगानीकर्ताले आइतबार कार्यालय समयभित्र यसमा आवेदन दिइसक्नुपर्नेछ । मुक्तिनाथले १०ः४ अनुपातमा प्रतिकित्ता १०० रुपौयाँ दरको ६१ लाख ७० हजार ८६५.०४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । यो हकप्रदमा एनआइबीएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।  यसमा साउन १९ गतेसम्म कायम भएका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

हाल मुक्तिनाथको चुक्ता पुँजी १ अर्ब ५४ करोड २७ लाख १६ हजार २६० रुपैयाँ छ । हकप्रद बिक्रीपछि बैंकको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख २ हजार ७६४ रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी बैंकले बोनस मार्फत पुर्याउने देखिन्छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ४९ करोड ४४ लाख ९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ३२ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ८० पैसा छ ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लाजिम्पाट काठमाडौं तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, नेपालगंज र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, मुक्तिनाथको रजिष्टर्ड कार्यालय कमलादी र यसका सम्पूर्ण शाखा कार्यालयबाट पनि हकप्रदका लगि आवेदन दिन सकिनेछ । 

प्रकाशित मिति : Sunday, September 24, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...