एनआइसी एसियाको बोनसमा मूल्य समायोजन, हेर्नुस् कतिमा खुल्छ कारोबार ?
Powered by Blogger.
एनआइसी एसियाको बोनसमा मूल्य समायोजन, हेर्नुस् कतिमा खुल्छ कारोबार ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - एनआइसी एसिया बैंकको २०% बोनसमा नेप्सेले मूल्य समायोजन गरेको छ । एनआइसी एसियाको २०% बोनस पछिको भाउ ३६८ रुपैयाँ कायम भएको छ । यसको औसत आधार मूल्य भने ४६५ रुपैयाँ हो । अब नेप्सेमा कारोबार खुल्दा एनआइसीको पहिलो कारोबार ३६८ रुपैयाँमा हुनेछ । एनआइसीले भदौ ३० गते हुने वार्षिक साधारण सभामा २०% बोनस र कर तिर्न १.०५% नगद लाभांश दिने प्रस्ताव गर्न लागेको हो । 

यसका लागि बैंकले शुक्रबारदेखि बुक क्लोज गरेको हो । हाल एनआइसी एसियाको चुक्ता पुँजी ६ अर्ब ६९ करोड २५ लाख ९७ हजार रुपैयाँ छ । २०% बोनसपछि चुक्ता पुँजी ८ अर्ब ३ करोड रुपैयाँ ११ लाख १६ हजार रुपैयाँ पुग्नेछ । एनआइसी एसिया बैंकले गत आर्थिक वर्षमा १ अर्ब ४६ करोड ९६ लाख ७२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ १५ पैसा छ ।

प्रकाशित मिति : Friday, September 1, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...