नबिल बैंकको ३०% बोनसमा भयो मूल्य समायोजन
Powered by Blogger.
नबिल बैंकको ३०% बोनसमा भयो मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेप्सेले नबिल बैंकको ३०% बोनस सेयरमा मूल्य समायोजन गरेको छ । बोनस सेयरपछि बैंकको सर्वसाधारण समूहको सेयर मूल्य प्रतिकित्ता १२ सय ५४ रुपैयाँ कायम भएको छ भने संस्थापक समूहको समायोजित मूल्य प्रतिकित्ता ९०८ रुपैयाँ तोकिएको छ । सर्वसाधारण समूहतर्फ औसत आधार मूल्य भने प्रतिकित्ता १ हजार ५३५ रुपैयाँ छ । 

बैंकले असोज १० गते ३३ औं वार्षिक साधारण सभा गर्न मंगलबार (आज) बुक क्लोज गरेको हो । सभामा बैंकले गत वर्षको नाफाबाट ३०% बोनस सेयर र १८% नगद लाभांस दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने विशेष प्रस्ताव पेस गर्दैैछ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख ७ हजार रुपैयाँ छ । ३०% बोनसपछि भने चुक्ता पुँजी ८ अर्ब ४ करोड ११ लाख ५९ हजार १०० रुपैयाँ पुग्नेछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा नबिलले ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ५८ रुपैयाँ ५४ पैसा ( वार्षिक) र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ ।

प्रकाशित मिति : Tuesday, September 12, 2017

अर्थ सरोकार डटकमको लिखित अनुमति विना कुनै पनि समाचार स्रोत खुलाएरै भएपनि साभार गर्न पाइने छैन । अन्य जानकारीका लागि हाम्रो User Guidelines हेर्नुहोला ।

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...