नबिल बैंकको ३०% बोनस र १८% नगद लाभांश सुरक्षित गर्ने आजै अन्तिम मौका
Powered by Blogger.
नबिल बैंकको ३०% बोनस र १८% नगद लाभांश सुरक्षित गर्ने आजै अन्तिम मौका

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नबिल बैंकको ३०% बोनस सेयर र १८% नगद लाभांश पाउन सेयरधनी बन्ने सोमबार अन्तिम मौका हो । बैंकले असोज १० गते वार्षिक साधारण सभा गर्न मंगलबार बुक क्लोज गर्दैछ । साधारण सभामा ३०% बोनस सेयर र १८% नगद लाभांश दिने प्रस्ताव छ । बुक क्लोज हुनुभन्दा अघि कायम सेयरधनीले मात्र लाभांश पाउने हुँदा नयाँ लगानीकर्ताले सोमबार नै नबिलको सेयर किनेर सेयरधनी बनिसक्नुपर्नेछ । 

बैंकले असोज १० गते बिहान १०ः३० बजेदेखि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कठमाडौंमा ३३औं वार्षिक साधारण सभा गर्दैछ । नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ६२ करोड ८ लाख २२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । हाल बैंकको चुक्ता पुँजी ६ अर्ब १८ करोड ५५ लाख रुपैयाँ छ । ३०% बोनस सेयर दिइसकेपछि चुक्ता पुँजी ८ अर्ब ४ करोड ११ लाख ५९ हजार रुपैयाँ पुग्नेछ । नबिलको प्रतिसेयर आम्दानी (वार्षिक) ५८ रुपैयाँ ५४ पैसा र प्रतिसेयर नेटवर्थ २४६ रुपैयाँ छ ।


Published Date : Monday, September 11, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...