×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेसनल माइक्रोफाइनान्सको ३५% लाभांश, २०% बोनसका साथमा १५% नगद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% बोनस र १५% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट बोनस र नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिको निर्णय राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले स्वीकृति दिएपछि कार्यान्वयनमा आउनेछ । हाल नेसनल माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ७ करोड २१ लाख ७१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी (वार्षिक) ७२ रुपैयाँ ११ पैसा र प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ २४ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: