नेको इन्सुरेन्सको १०% बोनस सेयरमा मूल्य समायोजन
Powered by Blogger.
नेको इन्सुरेन्सको १०% बोनस सेयरमा मूल्य समायोजन

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - नेको इन्सुरेन्सको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनस समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९४४ रुपैयाँ कायम भएको छ । यसआधारमा, बिहीबार नेकोको कारोबार प्रतिकित्ता ९४४ रुपैयाँमा खुलेको हो । यसको औसत आधार मूल्य भने ९५० रुपैयाँ छ । 

कम्पनीले आसोज १० गते वार्षिक साधारण सभा गर्न बिहीबारदेखि बुक क्लोज गरेको हो । सभामा १०% बोनस र ०.५२% नगद लाधांश दिने प्रस्ताव पेस हुँदैछ । गत आर्थिक वर्षको चौथो त्रैमासमा नेकोको चुक्ता पुँजी ७१ करोड २८ लाख ९५ हजार रुपैयाँ छ । यसको बिमा कोषमा २८ करोड ५१ लाख ३७ हजार रुपैयाँ छ । नेकोको खुद नाफा चौथो त्रैमासमा २१ करोड ८७ हजार रुपैयाँ पुगेको छ । इन्सुरेन्सको प्रतिसेयर आम्दानी (वार्षिक) २९ रुपैयाँ ४६ पैसा र प्रतिसेयर नेटवर्थ १७३ रुपैयाँ ११ पैसा छ ।


Published Date : Thursday, September 14, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...