×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेको इन्सुरेन्सको सेयर लिलामी भर्ने आज अन्तिम मिति, कहाँ जाने भर्न ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेको इन्सुरेन्सले ९९ हजार ९४९.११ कित्ता सेयर लिलामी भर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले वैशाख १९ गतेदेखि संस्थापक समूहको ४ हजार ६३.८७ कित्ता र सर्वसाधारण समूहको ९५ हजार ८८५.२४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो । यसमा प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा यसभन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्नुपर्नेछ ।  यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी, काठमाडौं तथा एनएमबि बैंकको विराटनगर, वीरगञ्ज, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सक्नेछन् । नेकोले बिमा समितिले तोकेको १ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन हकप्रदको सहारा लिएको हो । लिलामीमा सेयर बिक्री गरिसकेपछि यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख ७८ हजार ४०० रुपैयाँ पुग्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: