×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निर्वाचन आयोगमा ३५० उजुरी ! देउवा, नेपाल र प्रचण्डलाई होला एक लाख जरिवाना ?

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका प्रभावशाली नेताबिरुद्ध निर्वाचन आयोगमा ३५० उजुरी परेका छन् ।
प्रदेश नम्वर २ को स्थानीय तह निर्वाचनका क्रममा मात्र यति उजुरी आयोगमा परेका हुन् । प्रधानमन्त्रीदेखि राज्यमन्त्री, पूर्वप्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म आचार संहिता उलंघनका उजुरी परेका छन् । तर आयोगले भने कारवाही नगरी २४ घण्टे स्पष्टीकरण मात्र सोध्ने गरेको छ ।
निर्वाचन आचारसंहिता उलंघन गरे १ लाख जरिवाना र उम्मेद्धारी रद्द गर्ने कानुनी अधिकार आयोगसँग छ । तर आयोगले भने स्पष्टीकरण मात्रै सोधेर पन्छिने गरेको छ । सवैभन्दा बढि आचार संहिता सत्तापक्षिय दलहरुबाट हुने गरेको आयोगले नै ठहर गरेको छ ।
२ नम्वर प्रदेशबाट मात्र आयोगमा ३५० उजुरी परेका छन् । तरपनि आयोगले एकजनालाई पनि कारवाही गर्न सकेको छैन । ‘आयोगमा करिब ३५० वटा उजुरी आएका छन् । सवैमा कारवाही गरी किनारा लगाउने तयारी गरिरहेका छौ’ आयोगका प्रवक्ता नवराज ढकालले भने ‘जरिवाना गर्ने र उम्मेदवारी रद्द गर्नु अगाडि धेरै काम गर्न पर्ने हुन्छ। त्यसैले स्पष्टीकरण सोध्ने काम गरेका छौं।’
दलका शिर्ष नेताहरु नै निर्वाचन आचारसंहिता उलंघनको होडबाजीमा जुटेपछि आयोग निरह बनेको छ । प्रधानमन्त्री उपस्थित भएको चुनावी सभामा बालबालिको प्रयोग गरिएको छ भने माओवादी केन्द्रका अध्यक्ष दाहालले एक हजार थान ग्यास वितरण गरेका छन् । एमाले नेता माधव नेपालले सूर्य चिन्ह भएको टोपी लगाएर भाषण ठोक्दा, विमलेन्द्र निधिले रुख चिन्ह भएको गम्छा बेरेर आचारसंहितको धज्जि उठाए । – एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: