निर्धन उत्थान बैंकले दिदै ६६.६७% बोनसका साथमा १४.०४% नगद
Powered by Blogger.
निर्धन उत्थान बैंकले दिदै ६६.६७% बोनसका साथमा १४.०४% नगद

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं - निर्धन उत्थान बैंकले ६६.६७% बोनस सेयर र १४.०४% नगद लाभांश दिने भएको छ । निर्धनको मंगलबार बसेको सञ्चालक समिति बैठकले ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र यसमा लाग्ने कर तिर्न समेत गरेर ८ करोड ४२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको हो । 

सञ्चालक समितिको निर्णयलाई राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्ताले लाभांश पाउनेछन् । हाल निर्धनको चुक्ता पुँजी ६० करोड रुपैयाँ छ । यसको रिजर्भ कोषमा १ अर्ब २२ करोड ३७ लाख १२ हजार रुपैयाँ छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ५८ करोड ३४ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।


Published Date : Sunday, September 10, 2017

हामीलाई फलो गर्नुहोस् :

प्रतिकृया दिनुहोस्

,

Loading...